१८ औं पुष्प ब्यापार मेलामा अवलोकनकर्ता उत्साहित


काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा १८ औं पुष्प ब्यापार मेला शनिबारबाट सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना तथा कृषि बिकास मन्त्रालयको सहयोगमा सुरु यो मेलाको उद्दघाटन  कृषि बिकास मन्त्री हरिप्रसाद पराजुलीले गर्नुभएको हो । 

मेलामा भाग लिएका स्टलहरुमा गरिएको प्रतिश्पर्धामा बिभिन्न नर्सरीहरु पुरस्कृत भएका छन् । उत्कृट स्टल, उत्कृष्ट सिजनल फ्लावर र उत्कृष्ट फ्लावरिङ प्लान्टको तिनवटै बिधामा अजिमा नर्सरी प्रथम हुन सफल भएको थियो ।यसैगरि बेस्ट अर्नामेन्टल प्लान्टमा बिशाल नर्सरी, बेस्ट फ्लावर एरेन्जमेन्टमा महाँलक्ष्मी फ्लावर, बेस्ट ल्याण्डस्केपमा बज्रयोगिनी बगैंचा निर्माण सेवाले पहिलो बन्दै नगद शील्ड तथा प्रमाणपत्र पाउन सफल भए । २०४० सालबाट स्थापना भएको बोटानिकल नर्सरीलाई कदरपत्रले सम्मान गरिएको थियो । उत्कृष्ट ब्यबशायीहरुलाई कृषि बिकास मन्त्री हरि प्रसाद पराजुलीले नगद शील्ड तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
 
उद्दघाटन कार्यक्रममा प्रमुख अतिथी पराजुलीले कृषि क्षेत्रको बिकासका लागि सरकारले जस्तोसुकै सहयोग गर्न पनि पछाडी नहट्ने बताउँदै प्रत्येक निर्बाचन क्षेत्रमा रहेका २ वटा सहकारीमार्फत यस क्षेत्रको बिकासका लागि सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको बताउनुभयो ।
कार्यक्रममा कृषि सचिब उत्तम कुमार भट्टराईले फ्यानलाई हरेक बर्ष १ करोड उपलब्ध गराउन सुरु गरिएको बताउँदै आगामी आर्थिक बर्षमा पुष्प क्षेत्रको बिकास, बिस्तार तथा प्रबद्र्धनका लागि भौतिक संरचना निर्माणका लागि सहयोग बढाउनेमा सकारात्मक रहेको बताउनुभयो ।
उद्दघाटनमा टिइपिसीका निर्देशक ईश्वरी प्रसाद घिमीरे, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि पुष्प ब्यबशायका अबसर र चुनौतीका बारे आ–आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
५० हजार भन्दा बढी अबलोकनकर्ताले अबलोकन गर्ने अनुमान गरिएको यो मेलामा ६०  लाख भन्दा बढीको कारोबार हुनेमा आफु बिश्वस्त रहेको फ्यानका उपाध्यक्ष तथा मेला संयोजक कुमार कसजु श्रेष्ठले बताउनुभयो ।
 
मेलामा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहेका छन् ।
२०७१ चैत्र ७ गते शनिबारदेखि १० गतेसम्म भृकुटीमण्डप प्रर्दशनी हल काठमाण्डौमा संचालन गर्न लागेको मेलाको नारा “स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय” भन्ने रहेको छ ।
कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्नु आजको आवश्यकता हो । यो वास्तबिकतालाई व्यवहारमा उतार्न गत वर्ष हामीले प्रबिधी बिस्तारका लागि भारत लगायत ६ वटा मुलुकबाट सहभागी गराएको र त्यसैको  निरन्तरता स्वस्प यो बर्ष प्रबिधीको बिषयमा ८ वटा बिदेशी स्टलहरुले  भाग लिएका छन् ।
 
लामो समय देखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रहि व्यवसाय गरिरहेको एक जना पुष्प व्यवसायीलाई कदर–पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको फ्यानले जनाएको छ । मेलामा ४५० भन्दा बढि प्रकारका आलंकारिक फूल विरुवा प्रदर्शन तथा बिव्रmी, विभिन्न नर्सरीहरुको उत्पादन सहित जमघट , विभिन्न प्रकारका मौसमी फूल विरुवाहरु, बिभिन्न प्रकारका कृषि औजारहरु, फूल बिरुवालाई आबश्यक पर्ने मल तथा सजावटका सामाग्रीहरुको प्रदर्शनी तथा बिव्रmी गरिरहेको छ ।
 
नेपाल सरकारबाट “पुष्प प्रबद्र्धन नीति २०६९” जारी गरि पुष्प प्रबद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना अनुसार आ.ब.०७१/७२ बाट बजेट व्यवस्था गरेको सो कार्यक्रम फ्यानले कार्यान्वयन गरि रहेको छ ।
 
नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय आ.ब. २०७०/७१ सम्म आई पुग्दा हाल ३८ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७०÷७१ मा सिजनल फूल बिरुवा तर्फ रु २१.६८ करोड, आलंकारिक वोट बिरुवा तर्फ रु. ३८.१५ करोड, कट फ्लावर्स तर्फ रु २०.४५ करोड, ल्याण्डस्केप तथा गार्डेनिङ्ग तर्फ रु १७.०४ करोड, खुल्ला फूल तर्फ रु.६.७० करोड, सामग्री आपुर्ति तर्फ रु.१२.४० करोड, अन्य (कार्पेट ग्रास, बल्ब, राईजम टयुवर टिष्यूकल्चर आदि) तर्फ रु ८.३३ करोड, र निर्यात तर्फ रु ३ करोड गरि जम्मा १ अर्व २७.७५ करोड भन्दा बढिको कारोबार भएको छ ।  आ.ब.२०७०/७१ मा ४.०० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएको समेत गरिरहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने