हातेमालोको टोलीद्धारा गैडाकोटमा रहेको किसान सहकारीको अवलोकन


 

बारा, चैत्र ९ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता विकास सम्वन्धी नवलपरासीको गैंडाकोटमा भई रहेको चार दिने आवासीय तालीमको क्रममा एशियालीस्तरको ब्राण्डप्राप्त किसान साकोस गैंडाकोटको स्थलगत अवलोकन गरेको छ ।

१३ हजार सदस्यहरुवीच ३६ करोडको कारोवार गरिरहेको किसान सहकारीले यसै वर्ष एशियाली ऋण महासंघबाट एक्सेस ब्राण्ड प्राप्त गरेको हो । मुलुकका उत्कृष्ट सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ भ्रमण तथा स्थलगत तालीम गरिएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताउनुभएको छ ।

अवलोकनको क्रममा हातेमालोको टोलीलाई किसान सहकारीका व्यवस्थापक नवराज सापकोटाले संस्थाको प्रगति तथा अठार वर्षको अनुभव जानकारी गराउनु भएको थियो ।

अवलोकनमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, नेफ्स्कूनका बरिष्ठ अधिकृत रामबाबु आचार्य, संस्थाका उपाध्यक्ष सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, व्यवस्थापक महेश ढुंगेल, सञ्चारकर्मी दिवाकर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष पौडेलले ब्यवस्थापक सापकोटालाई मायाको चिनो प्रदान गर्दै हातेमालो सहकारीलगायत मध्यतराईको भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ । अवलोकनपछि संस्थाकी उपाध्यक्ष सीता गुरुङले सहकारीहरुवीच मैत्रीपूर्ण सम्वन्ध र आपसी सदभावना भ्रमणले सहकारी अभियानलाई सहयोग पुग्ने र सिकाई अनुशरण प्रभावकारी हुने बताउनुभयो ।

एशियाली ऋण महासंघको प्रवद्र्धन र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा सञ्चालित तालीममा सञ्चालक समिति र विभिन्न उपसमितिका पदाधिकारीहरु, कर्मचारी तथा शेयर सदस्यहरु गरी ३५ जनाको सहभागिता रहेको छ ।

२०६५ जेठमा स्थापना भएको हातेमालो सहकारीमा हाल एक हजार पांच सय सदस्यहरुवीच साढे पन्ध्र करोडको कारोवार गरिरहेको र मध्यतराईको उत्कृष्ट सहकारी संस्थाको रुपमा काम गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक