सहकारी निबन्ध प्रतियोगिता सम्पन्न


म्याग्दी, चैत्र २६ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगितामा पत्रकार अमृत बास्कुने प्रथम भएका छन् । उनलाई सहकारी दिवसका अवसरमा आज सम्मान गरिएको हो ।
उक्त सहकारीले ‘वैदेशिक रोजगारीमा रहेका युवा समुदायको ग्रामीण विकासका लागि सहकारीसँग सहकार्य’ विषयक प्रतियोगितामा प्रथम भएका पत्रकार बास्कुनेलाई सहकारी दिवसको अवसरमा नगद २० हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरेको हो ।
त्यसैगरी निबन्धलेखन प्रतियोगितामा राष्ट्रिय सहकारी संघका प्रबन्धक गोपीकृष्ण भण्डारी द्वितीय, बेनपा–१ रत्नेचौरका चन्द्रबहादुर महत तृतीय र एलएलबी पाँचौं वर्ष छवि एजुकेशन एकेडेमी बिजुलीबजार काठमाडौंका बन्दना शर्मा सान्त्वना भएका थिए ।
उनीहरुलाई क्रमशः नगद छ हजार, पाँचहजार पाँचसय र पाँचहजार रुपैयाँ तथा प्रमाणपत्रले सम्मान गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न