सहकारी धेरै गुणात्मक कम


सिराहा, चैत्र २६ । सिरहाका २ सय ३२ सहकारीमध्ये सयको हाराहारीमा मात्र सक्रिय छन् । लहानस्थित डिभिजन सहकारीका सिरहा र सप्तरीमा अहिलेसम्म ७ सय १३ सहकारी दर्ता छन् । तीमध्ये सिरहामा २ सय ३२ र सप्तरी जिल्लामा एक सयको हाराहारीमा मात्र सहकारी सक्रिय छन् । दर्ता भएका अन्य सहकारी निष्त्रिmय अवस्थामा रहेको कार्यालयको तथ्यांकले देखाउँछ ।
अधिकांश महिलाद्वारा सञ्चालित सहकारी मात्र दिगो रूपमा चलेका छन् । सिरहामा महिलाद्वारा सञ्चालित धनगढीस्थित बुद्ध बचत तथा ऋण सहकारीको लगानी र कारोबार राम्रो देखिएको छ । आधा सेयर हिस्सा महिला रहेको श्रमजीवी बचत तथा ऋण सहकारी जिल्लामा गनिने सहकारीमा दरिन्छन् ।
कृषि, स्वास्थ्य, सञ्चार, दूध उत्पादन, उपभोक्तालगायत सबै प्रकृतिका सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्दै आएकाले विकृति देखापरेको छ । सरकारद्वारा अनुदान लिएका सुपथ मूल्यका सहकारीसमेत अनुदान लिएपछि बन्द भएकाले सहकारीप्रति नकारात्मक सोचाइ बढेको सञ्चालकहरूको भनाइ छ । लगभग ६ दशकअघिदेखि मुलुकमा सहकारिताको अभ्यास सुरु भए पनि यति लामो अवधिसम्म पनि उल्लेख्य प्रगति नभएको डिभिजन सहकारी कार्यालयका सहायक सहकारी निरीक्षक फडिन्द्र विश्वकर्माको बुझाइ छ ।
सहकारी नफस्टाउनुमा गुणातत्मकभन्दा संख्यात्मक वृद्धि हुनु, जुनुसुकै प्रकृतिको संस्था भए पनि बचत तथा ऋणको मात्र कारोबार हुनु, सहकारितासम्बन्धी अध्ययनको कमी हुनु, सहकारी ऐन, नियम र मापदण्डलाई अधिकतम रूपमा पालना नगरिनु, अनुदानको आशामा मात्र संस्था खोल्ने प्रवृत्ति, सहकारी सञ्जालमा राजनीतिकरण र न्यून गतिविधि हुनु तथा सहकारी विवादको अखडा बन्नु नै खुलेका सहकारी दिगो हुन नसक्नुको मुख्य कारक मानिन्छ ।
ध्यान अन्यत्रै
सिरहा र सप्तरीका सहकारीले आफ्नो स्वीकृत कार्यक्षेत्रभित्र सीमित रहेर र सदस्य केन्द्रित भएर काम गर्नमा भन्दा पनि गैरसदस्य र कार्यक्षेत्र बाहिर गएर कारोबार बढाएको पाइन्छ । सहकारी मापदण्ड २०६८ मा भएको व्यवस्थाअनुसार एउटा संस्थाले बढीमा ५ गाविससम्म र नगरपालिका भए बढीमा नगरपालिकाभरि कार्यक्षेत्र कायम गरी त्यसभित्र मात्र कारोबार गर्न पाउँछ । यहाँका सहकारीले मापदण्ड विपरीत कार्य गरेको पाइन्छ । डिभिजनका सहायक निरीक्षक विश्वकर्माले गैरसदस्यहरूसँग कारोबार गर्नुहुँदैन भनेर बारम्बार भन्दा पनि कतिपयले बेवास्ता गरेर विकृति बढाइरहेको बताउँछन् ।
निक्षेप लिएर बेपत्ता
विराटनगर १४ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाका सञ्चालकले निक्षेपकर्ताको लाखौं रकम लिएर केही साताअघि बेपत्ता भए । संस्थाका अध्यक्ष रामहादुर श्रेष्ठ, उपाध्यक्ष दीपेश मास्के र सचिव नारायणकाजी श्रेष्ठ सम्पर्कविहीन छन् । ७७ निक्षेपकर्ताले सञ्चालकविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभु ढकालका अनुसार उजुरीकर्ताले उल्लेख गरेको करिब ८० लाख रकम सञ्चालकहरूले हिनामिना गरेको अनुमान छ । डिभिजन सहकारी कार्यालयका अनुसार गजलक्ष्मी सहकारी संस्थाले गत आर्थिक वर्ष ७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार यस वर्ष १ करोड ८१ लाख ५८ हजार रुपैयाँ बचत संकलन छ ।
मोरङमा १ हजार ८३ सहकारी दर्ता छन् । तीमध्ये १२ खारेजीमा परेका छन् । लगातार २ वर्षसम्म साधारणसभा नगर्ने, लेखापरीक्षण नगर्ने, डिभिजन सहकारी कार्यालयलाई विवरण नपठाउने निष्त्रिmय भएका संस्था दर्ता खारेजीमा पर्छन् ।
मोरङमा बचत तथा ऋण सहकारी ६ सय २४ छन् । कृषि सहकारी १ सय ८९, बहुउद्देश्यीय १ सय ४९, सञ्चार सहकारी ४, तरकारी तथा फलफूल ११, मौरीपालन ३, दुग्ध २८, जडीबुटी ११, चियाकफी १, स्वास्थ्य ४, शिक्षा १, विद्युत् ४, उपभोक्ता ८ र अन्य सहकारी ३८ रहेको डिभिजन सहकारी कार्यालय मोरङका निमित्त प्रमुख दिलशेर राईले बताए ।
अधिकांश निस्क्रिय
कोसी पहाडी जिल्लाका सहकारी बद्नाम हुने क्रम बढेको छ । धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर गरी ४ जिल्लामा सञ्चालन हुने गरी दर्ता अनुमति पाएका ७ सय ४० मध्ये ४५ प्रतिशतभन्दा बढी सहकारी निष्त्रिmय छन् । धनकुटाका २ सय ८६ तेह्रथुमका १ सय ६६ भोजपुरका १ सय ६८ र संखुवासभाका १ सय २० मध्ये ३ सय ३६ सहकारी २ वर्षदेखि नियामक डिभिजन सहकारी कार्यालयको सम्पर्कबाहिर छन् ।
यी सबै सहकारीले २ आर्थिक वर्षयता साधारणसभा गरेका छैनन् भने वाषिर्क लेखा परीक्षण प्रतिवेदनसमेत बुझाएका छैनन् । दर्ता भएका ७ सय ४० मध्ये करिब २६ प्रतिशत मात्रै राम्रोसँग चलेका छन् । चलेकामध्ये पनि औंलामा गन्न सकिने सहकारीको मात्रै चालू पुँजी १ करोडभन्दा माथि छ । यीमध्ये बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीको संख्या धेरै छ ।
डिभिजन सहकारी धनकुटाका प्रमुख रामकृष्ण श्रेष्ठले तोकिएको समयमा साधारणसभा नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने डिभिजनअन्तर्गतका ८६ सहकारीलाई कारबाहीका लागि स्मरण पत्र लेखिसकेको बताए । ुअटेर गरे सम्पत्ति दायित्व र संस्थाको अन्य विवरण अध्ययनपछि खारेजीसम्मको कारबाही गछौर्ं,ु उनले भने ।
माघयता अस्तित्व गुमाउँदै गएका १२ सहकारी सम्पर्कमा आएको उनले बताए । उता ०६६र६७ सालमा ुगाउँगाउँमा सहकारी घरघरमा भकारीु को अवधारणाअन्तर्गत १र१ लाख रुपैयाँ सरकारी अनुदान लिएका सुपथ मूल्य सहकारी पसलको कोसी पहाडमा नामनिसान छैन । सहकारी डिभिजन र कृषि विकास कार्यालयमार्फत धनकुटामा १ नगरपालिकासहित ३५ गाविस, भोजपुरमा ६३ मध्ये ३८, संखुवासभामा १ नगरसहित ३३ र तेह्रथुमका १९ गाविसका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनका लागि सरकारले १ करोड २७ लाख रुपैयाँ बाँडेको थियो ।
मुलुकभर ३२ हजार संस्था ४७ लाख सदस्य
मुलुकभर सहकारीको संख्या ३२ हजार छ । यी संस्थामा करिब ४७ लाख सेयर सदस्य छन् । तीमध्ये ४६ प्रतिशत महिलाको सहभागिता छ । राष्ट्रिय सहकारी संघका सञ्चालक रमेशप्रसाद पोखरेलका अनुसार कुनै पनि संस्था वा अभियानमा यति ठूलो परिमाणमा महिलाको सहभागिता भएको सहकारीमै मात्र हो ।
सहकारीमध्ये ५० प्रतिशतले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । करिब ४ हजारले दूध र दूधजन्य वस्तुको कारोबार गर्छन् । संघका अनुसार बहुउद्देश्यीय काम गर्ने सहकारीको संख्या पनि ४ हजार छ । यसबाहेक कफी, चिया, जडीबुटी, उपभोक्ता सरोकारका कुरा अनि सञ्चारसँग सम्बन्धित सहकारीहरू सञ्चालनमा छन् ।
३२ हजार सहकारीमध्ये २५ प्रतिशत जति निस्क्रिय रहेकाले तिनलाई सक्रिय पार्ने अभियान चलाइएको संघले जनाएको छ । २०१३ सालबाट सुरु भएको सहकारी संस्था स्थापनाको क्रम अभियानका रूपमा विस्तार हुँदै डेढ करोड नेपालीमाझ पुगेको दाबी संघले गरेको छ ।
विभिन्न क्षेत्रमा काम गर्ने सहकारीहरूको बेग्लै केन्द्रीय संघ पनि छ । राष्ट्रिय सहकारी संघमै आबद्ध भएका त्यस्ता विषयगत केन्द्रीय संघको संख्या १९ छ । मुलुकभरका सहकारीलाई व्यावसायिक काममा सघाउन राष्ट्रिय सहकारी बैंक पनि सञ्चालनमा छ । बैंकका अधयक्ष रहेका संघका सञ्चालक पोखरेलका अनुसार संस्थाहरूको विकास, प्रवर्द्धन, वित्तीय आवश्यकता परिपूर्ति, बैंकिङ कारोबारजस्ता काममा सघाउने गरिएको छ । बैंकले हालसम्म करिब ६ अर्ब कर्जा लगानी गरेको जनाएको छ । ८ हजारभन्दा बढी संस्थाहरूको ६८ करोड सेयर लगानी बैंकमा रहेको उल्लेख गर्दै पोखरेलले अरू संस्थाहरू आबद्ध हुने क्रम जारी रहेको बताए । ुमुलुकको कुल वित्तीय कारोबारमा सहकारी क्षेत्रको योगदान १८ प्रतिशतभन्दा बढी छ,ु अध्यक्ष पोखरेलले भने, ुयो उल्लेख्य हिस्सा हो ।ु सहकारी दिवस मनाउने क्रममा यस वर्षको मूल नारा ुआयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारीु राखिएको छ ।
ुसुशासन महत्त्वपूर्णु
काठमाडौं( राष्ट्र बैंकलाई नीति र नियमनमा मात्र ध्यान दिन सक्ने वातावरण बनाउन गभर्नर चिरञ्जीवी नेपालले बैंकरलाई आग्रह गरेका छन् । वित्तीय सुशासन कायम गरी स्वनियमनमा बसेर राष्ट्र बैंकलाई सहजकर्ताको भूमिका मात्र दिन उनले भनेका हुन् । ुसुशासनलाई महत्त्वपूर्ण रूपमा लिनुस्,ु डेभलपमेन्ट बैंकर्स एसोसिएसनको ९ औं वाषिर्क साधारणसभामा उनले भने, ुस्वच्छ रूपमा अघि बढ्दा मात्रै आर्थिक क्रियाकलाप बढ्छ ।ु
वित्तीय क्षेत्रमा ठूलो प्रतिस्पर्धा रहेकाले नयाँ क्षेत्र र सोचसहित अघि बढ्नुपर्ने उनले बताए । ुसञ्चालक समिति र व्यवस्थापन सचेत हुनुपर्छ,ु उनले भने, ुकर्जा प्रवाह गर्दा आयोजना छानेर राम्रोलाई गर्नुस् ।ु मुलुकमा नीति नियम बन्ने क्रम सुरु भएकाले अन्यत्रभन्दा लगानीको उपयुक्त वातावरण रहेको उनले बताए । ुविकसित मुलुकमा ठाउँ नै पाइँदैन,ु उनले भने, ुयो अवस्थालाई सदुपयोग गर्न सक्नुपर्छ ।ु मुलुकलाई दक्षिण एसियाको उत्कृष्ट वित्तीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले राष्ट्र बैंकबाट विभिन्न समस्या हल भए पनि ग्रामीण क्षेत्रमा जाँदा अन्यत्र जस्तो सुविधा नपाएको बताए । ुप्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोक्ने नभई सञ्चालक समितिलाई अधिकार दिनुपर्छ,ु उनले भने ।
यसका साथै मुलुकभित्र प्रतीतपत्र खोल्ने र रेमिट्यान्स कारोबारमा पनि सुविधा दिनुपर्ने उनले बताए । उनले पुँजी र क्षेत्रका आधारमा विकास बैंकको प्रकृति फरक फरक रहेकाले राष्ट्र बैंकले निर्देशन जारी गर्दा सबैलाई हेर्नुपर्ने बताए ।
यसका साथै निर्देशन जारी हुन अघि छलफल भए सच्याइरहनुपर्ने अवस्था नआउने उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक