सहकारीमार्फत कफी र होम स्टे सञ्चालन गरिदै


-तुलसी सुवेदी-

IMG_4188पर्वत, वैशाख १ । एक काज दुई पन्थ भनेझैँ यहाँका स्थानीयवसायीहरु सहकारीमार्फत व्यवसायीक खेती गर्दै पर्यटन प्रवद्र्वनमा जुटेका छन् । व्यवसायीक कफी खेतीसँगै होमस्टे सञ्चालन गर्न थालेपछि उनीहरुको जीवनमा परिवर्तन आएको छ ।
१० वर्ष देखी सहकारी सञ्चालन गर्दै आएका थार्माजुंग वासिहरुले कफीले मात्र चित्त बुझाउन सकेनन् । यहाँका अधिकांश कृषकले कफीको व्यवसायीक खेती गर्दै आएका छन् । यहाँका प्रति कृषकले वार्षिक २० हजार बढी कमाउने गर्छन् । हिमाल सहकारीमार्फत उनीहरु कफी खेती गर्दै होम स्टे सञ्चालन गर्र्दै आएका हुन् ।
सहकारीको सक्रियतामा १८ महिनाअघिदेखि होम स्टे सञ्चालनमा आएदेखि उनीहरुको आयआर्जन पनि वृद्वि भएको छ । सहकारीले नै कुन पाहुनालाई कुन सदस्यकहाँ लैजाने निर्णय गर्ने गर्दछ । हिमाल कफी सहकारीका २२ घरधुरीले होम स्टे सञ्चालन गरेका छन् । उनीहरुले घरायासी वातावरण अनुरुप पाहुनालाई खाना खुवाउँछन् । IMG_4200
होम स्टेले पर्यटन प्रर्वद्धन र आर्थिक उपार्जनको नयाँ वाटो पत्ता लगाएको हिमाल सहकारीकी उपाध्यक्ष चुडा कुमारी खत्रीले बताउनुभयो । ‘कफी खेती मात्र गर्दा हाम्रो आयआर्जन खासै बढ्न सकेको थिएन, होम स्टेले धेरै राहत दिएको छ’ उहाँले भन्नुभयो । होम स्टेमा स्वदेशी तथा विदेशी पर्यटकहरु जाने क्रम बढ्दो छ ।
मध्य पहाडी पुष्पलाल लोकमार्गको डुमुवाबाट करिव १ घण्टाको पैदल यात्रा पछि पुगिने मनोरम दृष्यहरुको विचमा रहको एउटा सानो गाउँ हो पर्वतको तिलहरा गाविसको थामार्जुंग गाउँ । जहाँ अधिकांश कृषकको बसोबास रहेको छ । आज भन्दा १० वर्ष पहिले गाउँका महिला वालवालीका, पाका पुस्ता सवै सामान्य गाउँको काम वाहेक दिनभर अनुत्पादक कार्यमा व्यस्त हुन्थे । तर अहिले गाउँका सवै मिलेर सहकारी मार्फत होम स्टे र कफी खेतीले जीवनस्तर नै बदलिएकोमा दंग छन् उनीहरु । IMG_4196
होम स्टे सञ्चालक नम्रता नेपालीले पर्यटकको आगमनले थार्माजुङ आर्थिक क्रियाकलाप बढ्दै गएको बताउनुभयो । कफीबाट पनि रामै्र आम्दानी भइरहेको र अझ व्यवसायीक बन्न आवश्यक भएको उहाँको भनाई छ ।
होम स्टे घर नं. १२ की सञ्चालीका विना भुवाजी होम स्टे सञ्चालनपछि नियमित काममा परिवर्तन आएको बताउनुभयो । ‘कफी खेतीसँगै गाईभैसी पनि पाल्ने गरेका छौं, कोही पाहुना आए हामी समय व्यवस्थापन गरेर पाहुनको स्वागत, सत्कारमा कुनै कमी हुन दिदैनौं’ उहाँले भन्नुभयो ।
गाउँमा होम स्टेमा वस्न आउने पाहुनालाई बाँडेर सहकारीले वस्ने र खाने व्यवस्था मिलाउने गर्दछ । स्याँजाको केही गाविससंग जोडीएको थार्काजुन गाउँको होम स्टेरसंगै किसानहरुले गरेको उत्पादनको प्रचार प्रसार हुन नसक्दा सोचे जस्तो प्रगति हुन सकेको छैन । होम स्टेलाई प्रचार प्रसारका लागि उचित विकल्प सहित जोड दिनुपर्ने बताउनुहुन्छ बावुराम भुवाजी क्षेत्री । प्रचार, प्रचासरको कमीका कारण सोचेजस्तो पाहुना आउन नसकेको उहाँले बताउनुभयो ।

IMG_4204
पछिल्लो समय गाउँ गाउँमा सञ्चालनमा ल्याईएका होम स्टे पर्यटन प्रवद्र्धनसंगै देश विदेशबाट घुम्न र रमाउँन आउने पर्यटकहरुलाई सस्तो र राम्रो सेवा पनि दिई रहेका छन् । होम स्टे सुरु त गरिएको छ तर यसको सरोकार राख्ने निकाय र स्थानियको सहकार्यमा अझै व्यवस्थित र व्यवसायिक वनाउन सक्नु पर्दछ ।
मिहाल कफी सहकारीका अध्यक्ष चित्रबहादुर बस्नेतले थार्माजुङ गाउँका सबै र आसपासका गाउँका २ सय १६ जनालाई सहकारीको सदस्य बनाइएको बताउनुभयो । ‘सबै सदस्यले कफी खेती गर्नुभएको छ, हामी अझै कफी खेतीको बिस्तार गर्ने सोचमा छौं’ उहाँले भन्नुभयो । बस्नेतका अनुसार कम्नीमा एक घरले १० बढी कफी खेती गरेको जानकारी दिनुभयो । ‘परम्पारगत खेती छाडेर सबै खेतमा कफी लगाउन सधिएको छैन् तर पछिल्लो समयमा कफी खेती बिस्तार बढेको छ’ उहाँले भन्नुभयो । गत वर्ष थार्माजुङबासीले ६ क्वीन्टलको कफी बेचेका थिए । यस वर्ष १ टन( १० क्वीन्टल) बेच्ने तयारी गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस