माछाबाट मनग्य आम्दानी गर्दै, तालको संरक्षण गर्दै सहकारी


-तुलसी सुवेदी-

rupa tal 2पोखरा, वैशाख २ । गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित रुपाताल पर्यटकीय दृष्टिले आकर्षक मानिन्छ । पोखरामा रहेका ९ वटा तालमध्ये रुपाताल तेस्रो तालमा पर्दछ । यहाँको एक सहकारीले रुपातालको संरक्षण, सम्बद्घन गर्नुका साथै माछा पालेर मनग्य आम्दानी गर्र्दै आएको छ ।
रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था स्थापना गरी तालको संरक्षण गर्न थालेपछि पर्यटकको आकर्षण पनि बढ्दै गएको छ भने रुपतालको सौन्दर्यता पनि जोगिदै गएको छ । सहकारी स्थापना हुनुअघि रुपाताल झाडी, तथा लेउले पुरिन थालेको थियो । शुरुमा ३६ जना कृषकले प्रति व्यक्ति पाँच हजार शेयर हालेर सहकारी गठन गरेका हुन् । ‘त्यो बेला हामीले सक्रियता नबढाएको भए रुपातालको संरक्षण हुन सक्दैथ्यो, सरकारले सञ्चालन गर्न नसेपछि सहकारीले सञ्चालन शुरु गरेको हो’ निवर्तमान अध्यक्ष लेखनाथ ढकालले भन्नुभयो । ठेकेदारले चलाउन खोजेकाले आफ्नै सक्रियतामा सहकारी बनाई रुपातालको संरक्षणमा जुटेको उहाँकोे भनाई छ । fish
मुहान पुरिन लागेको अवस्थामा रहेको रुपाताल सहकारी स्थापना भएपश्चात मुहान सफा देखिन थाल्यो । सहकारीले उदाहरणीय काम गर्दै जान थालेपछि स्थानीयको आकर्षण बढ्दै गएको र दुईतीन वर्षमै ३ सय ६० कृषक सहकारीको सदस्य बनेको उहाँ सम्झिनुहुन्छ । ‘शुरुमा व्यवस्थापन गर्न समस्या रहेपनि रुपाताल अहिले सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ, यसमा हामीलाई गर्व छ’उहाँले भन्नुभयो । अहिले रुपताल सहकारीमा ७ सय ५१ जना शेयर सदस्य बनेका छन् भने १५ सय घरधुरीले सहकारीबाट लाभ लिइरहेका छन् ।
सहकारीका व्यवस्थापक सूर्यबहादुर थापाले अहिले १ करोडको माछा बेच्ने तयारी भएको बताउनुभयो । सहकारीले गत वर्ष ७० लाखको माछा बेचेको थियो । रुपातालबाट हाल २५ हजार केजी भन्दा बढी माछा उत्पादन भइरहेका छन् । व्यवस्थापक थापाका अनुसार सहकारीलाई थप आत्मनिर्भर बनाउनका लागि भुरा उत्पादन गर्न थालिएको छ । भूरा आयात रोक्न ७ रोपनी जग्गामा १९ लाख भूरा छोडिएको सहकारीले जनाएको छ । त्यस्तै सहकारीले ह्याचरी निर्माणको कामसमेत शुरु गरिसकेको छ । यसबाट ६ लाख भूरा उत्पादन हुनेछन् ।
रुपातालमा बाम, ढंगेबान, गर्दी लगायत स्थानीय जातका माछा पालन गरिहेको छ । उक्त सहकारीले दैनिक दैनिक डेढसयदेखि १२ सय सम्म माछा बिक्री गर्ने गरेको जनाएको छ । १ सय ३५ हेक्टर क्षेत्रफलमा हुनुपर्ने भएपनि माटोले पुरिदै गएकाले ३५ किलोमिटर अतिक्रमण भएको छ । ‘अतिक्रमण खतरा बढेको छ, अतिक्रमण रोक्न राष्ट्रिय ताल विकास संरक्षण समितिसँग समन्वय भइरहेको छ’ उहाँले भन्नुभयो । माटो नपुरियोस् भनेर छिट्टै चेक ड्याम बनाउने तयारी भइरहेको उहाँको भनाई छ ।
सहकारीले कृषि विकास कार्यालयमार्फत उचित हार्बेस्ट्रिङ प्रविधि भित्रयाउने तयारी गरेको छ । त्यस्तै सहकारीका सदस्य रमेश नेपालले यसै वर्षदेखि सहकारीले बचत तथा ऋणको काम गर्ने तयारी गरेको छ । मासिक एक सय रुपैयाँ भए पनि सम्पूर्ण सदस्यबाट बचत गर्ने अभियान शुरु गर्न थालेको छ ।
संस्थाले ताल संरक्षणमा छुट्याई बचेको रकम शेयर सदस्यहरुको आयमूलक काम बाख्रापालन, मौरीपालन, माछापालनलगायतमा ८ प्रतिशतमा लगानी गर्ने गरेको छ ।
सहकारीले १६ जनालाई रोजगारी दिएको छ । त्यसमध्ये १३ जना स्थायी कर्मचारी नै हुन् । सहकारीले आफ्ना सदस्यहरुलाई साढे चार करोड मुनाफा बाँडिसकेको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत जलाधार संरक्षणभित्र रहेका १७ सामुदायिक वन समूहलाई वन अनुदान तथा १९ विद्यालयलाई विद्यालय अनुदान र ताल वरपर रहेका विद्यालयका गरिब तथा जेहेन्दार बाबालिकालाई क्षत्रवृत्रि प्रदान गर्दै आएको छ ।
यसैबीच सहकारीले ली बर्ड, आईयुसीएन, वर्ड भिजन लगायतका संघसंस्थाको सहकार्यमा रुपाताल सूचना तथा स्रोत केन्द्रलाई व्यवस्थित बनाइएको व्यवस्थापक थापाले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न