साकोस माष्टरहरुको तालिम सम्पन्न


 काठमाडौं, बैशाख २ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)ले वचत तथा ऋण सहकारी क्षेत्रमा बढ्दै गरेको जोखिम न्यूनिकरणको लागि उच्चस्तरको तालिम सञ्चालनका लागि २२ जना प्रशिक्षकहरु तयार गरेको छ ।

नेफ्स्कून सञ्चालक समितिबाट ५, अधिकृत कर्मचारीहरुबाट ९, जिल्ला वचत संघबाट १, एक्सेस कार्यक्रममा सहभागि साकोसहरुबाट ५, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र सहकारी विभागबाट १/१ जना गरी जम्मा २२ जना सहभागि भएको उक्त तालिम कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधान, आन्तरिक राजश्व विभागका महानिर्देशक शिसिर ढुंगाना, चार्टर्ड एकाउण्टेण्ट संस्था (आईक्यानं)का सीए पुष्पेन्द्र सिंहले सहकारी कानुन, कर, लेखामान लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

एशियाली ऋण महासंघको प्राविधिक सहयोग रहेको उक्त तालिम कार्यक्रममा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको सिकाई, संस्थागत दीगो विकास, साकोसमा सुशासन, प्रशिक्षण विधि, नमुना नीतिहरु लगायतको जानकारी र सो को व्यवहारमा कार्यान्वयनका सन्दर्भमा एशियाली ऋण महासंघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिनिता भी। सानरोक र रञ्जित हिताराचीले प्रशिक्षण दिनुभएको थियो ।

२०७१ चैत्र २६ देखि २०७२ वैशाख १ गते सम्म सञ्चालित उक्त तालिम कार्यक्रमको औपचारिक उद्घाटन सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले गर्नुभएको थियो । एक हप्ता लामो तालिमका सहभागिहरुको प्रमाणिकरण भने । थेसिस कार्य भएपश्चात एशियाली ऋण महासंघको आगामी साधारण सभाको अवसरमा थाइल्याण्डमा प्रदान गरिने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न