सहकारी व्यवस्थापन तालिम


काठमाडौं, बैशाख २ । राष्ट्रिय सहकारी बैंकको आयोजना तथाएशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा क्षमता अभिवृद्धि तथा सक्षम सहकारी ब्यबस्थापन सम्बन्धी प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।
सहकारी संस्थाका सञ्चालकको क्षमता अभिवृद्वि गर्ने उद्देश्यले प्रशिक्षण तालिमको आयोजना गरिएको हो । सो अवसरमा बैंकका संचालक तथा बैंकको शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले वर्तमान समयमा बैंकको वित्तीय अवस्था, प्रभावकारिता र बैंकको प्रभावकारीताबारे जानकारी दिनुभयो । शाखा कार्यालयहरु मार्फत विभिन्न सदस्य सहकारी संघरसंस्थाको आवश्यकतालाई मध्यनजर गरी तालिम सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि बैंकले सदस्य सहकारीको आवश्यकताका आधारमा व्यावहारिक र प्रभावकारी अन्य थप तालिमहरु पनि सञ्चालन गरिरहेको उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन