हातेमालो सहकारी पत्रकारिता पुरस्कार छनोट तथा सिफारिश समिति गठन


सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कारका लागि सञ्चारकर्मी छनोट तथा सिफारिशका लागि समिति गठन गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा शनिवार बसेको सञ्चालक समितिको वैठकले सिफारिश समिति गठन गरेको हो ।

बैठकले संस्थाका बरिष्ठ सञ्चालक ईद्रिस मियांको संयोजकत्वमा गठित तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष कमलकुमार उपाध्ययालाई पदेन सदस्यको रुपमा राखिएको छ भने अर्को सदस्यमा संस्थाका शेयर सदस्य एवम् सञ्चारकर्मी दिवाकर भण्डारीलाई मनोनयन गरिएको छ ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर सहकारीको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । गत बर्ष सञ्चारकर्मी दिवाकर भण्डारीलाई संस्थाले हातेमालो सहकारी पत्रकारिता पुरस्कारले पुरस्कृत गरेको थियो । पुरस्कारको राशी १० हजार रहेको छ । संस्थाले यस वर्ष जेठ २० गते आठौं स्थापना दिवसको अवसर पारेर सञ्चारकर्मीलाई पुरस्कृत गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

२०६५ जेठ २० गते स्थापना भएको संस्थाले आठौं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाउने निर्णय गरेको छ । सप्ताव्यापी कार्यक्रमका लागि संस्थाका उपाध्यक्ष सीता गुरुङको संयोजकत्वमा सात सदस्यीय सातौं वार्षिकोत्सव आयोजक समितिसमेत गठन गरिएको छ । स्थापना दिवसको अवसरमा संस्थाले अघिल्लो बर्षजस्तै सामाजिक उत्तरदायित्वका बिभिन्न क्रियाकलापलाई यस वर्ष पनि निरन्तरता दिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

मध्यतराईकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउदै आएको हातेमालोले शेयर सदस्यता र कारोवारलाई थप लचिलो बनाउने निर्णय गरेको छ । बैठकले सञ्चालकहरुको क्षमता अभिवृद्धि तालीमको भावनालाई आत्मसात गर्दै संस्थालाई सवल, सुदृढ र वृहत संस्थाको रुपमा विकास गर्न क्रियाशिल रहने प्रतिवद्धता समेत जाहेर गरेको सचिव यज्ञबहादुर आलेले जानकारी दिनुभयो ।

वैठकमा लेखा समिति संयोजक डम्मरमणि थेवे लिम्वु, संस्थाका उपाध्यक्षहरु बिनोद कलवार र सीता गुरुङ, कोषाध्यक्ष शिव वाग्ले, लेखा समिति सदस्य कृष्ण बर्तौला, किशोर शर्मा, व्यवस्थापक महेश ढुंगेललगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम