सहकारी प्रशिक्षण केन्द्र परिसरमा योग भवन
काठमाडौ ।सहकारी विभाग एवम सहकारी प्रशिक्षण केन्द्र , नयाँ बानेश्वर परिसरमा योग शिविर सञ्चालन गर्नका भवन निर्माण हुने भएको छ । एक समारोह गरी योग भवन शिलान्यास गरिएको छ ।
सरकारको करिब ३० लाख लागत रकममा उक्त भवन निर्माण हुने भएको हो ।प्रशिक्षण केन्द्रले सहकारीकर्मीलाई स्वस्थ जीवन यापनमा सहजता प्रदान गर्नका लागि केन्द्रको भवनमा योग सिकाउँदै आएको थियो ।