नयां वर्षको अवसरमा शुभकामना तथा चियापान


20150415_081934सिमरा, २ बैशाख  सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयां वर्ष २०७२ को अवसरमा शुभकामना आदान प्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै हातेमालोका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी सबैलाई बिना भेदभाव समेटने र आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिका साथ अघि बढने अभियान भएकोले यसबाट राजनीतिक दलहरुले सिक्नुपर्ने बताउनुभयो । सबै नागरिकहरु सामाजिक जागरण, आत्मनिर्भरता र राष्ट्रिय समृद्धिका लागि क्रियाशिल हुनुपर्ने बताउदै पौडेलले यसका लागि नयां वर्षबाट प्रेरित हुनुपर्ने बताउनुभयो । यो वर्ष संविधान त्यसमा पनि सहकारीमैत्री र सबै नागरिकले अपनत्ववोध गर्ने संविधानको पक्षमा उभिनुपर्ने र त्यसपछि आर्थिक समृद्धि र सामाजिक न्याायका लागि अघि बढने वातावरण निर्माणका लागि पौडेलले शुभकामना दिनुभयो ।20150415_081305

डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले सहकारीहरुले सिद्धान्त र मूल्यमान्यतामा आधारित भई उद्धेश्य अनुरुप काम गर्नुपर्ने बताउनुभयो । बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्रीले हातेमालोले सबैलाई समेटेर अघि बढनका लागि गरेको प्रयासको प्रशंशा गर्दै त्यसका लागि हातेमालोको वृद्धि र विकासको कामना गर्नुभएको थियो ।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शम्भु राम, सिमरा उच्च माविका अध्यक्ष राजेन्द्र गौतम, जीतपुर उद्योग बाणिज्य संघका सचिव रफिमहम्मद अंसारी, साहित्यकार रामप्रसाद पोखरेल, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक ठगेन्द्रप्रसाद घिमिरे, समाजसुधार कृषि सहकारी संस्थाका व्यवस्थापक रविन्द्र भण्डारी, उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष ओमनाथ पौडेल, सिमरा सामुदायिक सक्रिय सहकारीका अध्यक्ष कमला श्रेष्ठ, सञ्चारकर्मी गम्भिरा सहनी, हातेमालो सहकारीका लेखा संयोजक डम्मरमणि थेवे लिम्वु, उपाध्यक्षहरु बिनोद कलवार र सीता गुरुङ, सचिव यज्ञ आले, लेखा सदस्य किशोर शर्मालगायतले बोल्नुभएको थियो ।

हातेमालो सामाजिक सेवा तथा रचनात्मक क्रियाकलाप उपसमितिका संयोजक बरुण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुंगेलले गर्नुभएको थियो ।

२०६५ मा स्थापना भएको हातेमालोमा हाल १ हजार पांच पचपन्न सदस्यहरुवीच करीव १५ करोड पचासी लाखको कारोवार भई रहेको छ । मध्यतराईको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको हातेमालोमा समुदायका नागरिकहरुको प्रवेशक्रम बढदो छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण