दीपज्योती सहकारीको साधारणसभा सम्पन्न


सुनसरी, बैशाख ४। दीपज्योति महिला एकता बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारणसभा सम्पन्न भएको छ ।
सुकुम्बासी महिलालाई साना व्यापार व्यवसायमा संलग्न गराई उनीहरुको आर्थिक क्रियाकलाप बढाउने उद्देश्यले सहकारी गठन गरिएको बताइन्छ । आर्थिकरुपले आत्मनिर्भर बनाउन सुकुम्बासी महिलाद्वारा संचालित यो वर्ष दुई करोड २५ लाख ३३ हजार रुपैयाँको कारोवार गरेको छ ।

संस्थाका कोषाध्यक्ष यमुना श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रगती हाशिल गर्दै आएको बताउनुभयो । संस्थाका अध्यक्ष रन्जिता कट्वालले सुकुम्बासी महिलाले चलाएको सहकारीले विना धितो दुई करोड १८ लाख ९० हजार रुपैयाँ शेयर सदस्यलाई ऋण दिइएको जानकारी दिनुभयो ।

हाल संस्थाका शेयर सदस्य १ हजार १ सय ५३ जना रहेका छन्। आगामी वर्ष भित्र १ सय १५ जना शेयर सदस्य थपेर उनीहरूको आर्थिकस्तर उकास्ने लक्ष राखेको व्यबस्थापक मन्सिला राईले बताउनुभयो ।
सहकारीले चारजना सुकुम्बासी महिलालाई वित्तीय कारोवारको तालिम दिएर ०६५ सालदेखि आर्थिक कारोवार सुरु गरेको हो।

सहकारीले साना व्यापार व्यवसाय गर्ने, वैदेशिक रोजगारीमा जाने, बालबालिकालाई पढाउन, उपचार गर्न, घर बनाउन विना धितो ७० हजार रुपैयाँसम्म ऋण उपलव्ध गराउने गरेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन