दूध उत्पादन गर्दै आफ्नै डेरीबाट बेच्दै सहकारी


-तुलसी सुवेदी-

bhaissssssssssssssssssssपोखरा, बैशाख   ५। पोखराको उद्यमी कृषि सहकारी संस्थाले आफ्नै लगानीमा भैंसी पालन गर्नुका साथै उत्पादीत दूध विभिन्न परिकार बनाएर आफ्नै डेरीबाट बेच्ने गरेको छ ।
एक करोड भन्दा बढी लगानी गरेको सहकारीले भैंसी पालनका साथै डेरी उद्योग सञ्चालन गरेपछि कृषक तथा सहकारीलाई समेत फाइदा पुगेको छ । डेरी सञ्चालन नहुदाँ सस्तोमा दूध बेच्न भएका सहकारीका सदस्यहरु आफ्नै सहकारीमा दूध बेच्न पाउँदा दूधको उचित मूल्य पाउन सफल भएका छन् । भैंसीबाट उत्पादीत दूधबाट विभिन्न परिकार बनाएर बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको सहकारीले जानकारी दिएको छ । सदस्यहरुले उत्पादन गरेको दूध पनि खरिद गरेर दूध तथा दूधजन्य पदार्थ(दूध, दही, पनिर)लगायत बिक्री गर्दै आएको संस्थाका सचिव खिमानन्द पौडेलले बताउनुभयो ।
पौडेलका अनुसार भारतबाट उन्नत जातका भैंसी ल्याएर भैंसीपालन व्यवसाय शुरु गरिएको हो । भैंसीपालनबाट आशातीत प्रतिफल भइरहेको र आगामी दिनमा अझ प्रतिफल बढाउन लागिपरेको सचिव पौडेलले बताउनुभयो । २०६९ सालदेखि भैंसीपालन व्यवसाय शुरु गरेको सहकारीले सफलता प्राप्त गर्दै आएकाले भैंसीपालनमा लगानी थप्ने सहकारीले रणनीति बनाएको छ ।
सचिव पौडेलका अनुसार अहिले ४० वटा भैंसी छन् । त्यसमध्ये २५ वटा दूध दिने र १६ वटा भ्याउने भैंसी हुन् । ‘हामी भैंसी अझै थप्दै छौं,यहाँबाट भैंसी किन्ने चाहने जोकोही सदस्यले पनि सहजै सेवा पाउन सक्छ’ उहाँले भन्नुभयो । सहकारीले भैंसी पालनमा मात्र ३३ लाख लगानी गरेको छ । सहकारीले भैंसीपालनमा छिट्टै लगानी बिस्तार गर्ने तयारी गरेको छ ।
सहकारीले उत्पादीत दूध आफ्नै डेरीमार्फत विभिन्न परिकार बनाउर बेच्ने गरेको छ । दूध, दही, पनिर लगायत अन्य दूध जन्य सामाग्री बिक्री गर्न शुरु गरेपश्चात संस्थाको आम्दानी बढ्दै गएको र सदस्यहरुले पनि राहत पाएको सचिव पौडेलले बताउनुभयो । संस्थाले आफ्नै डेरीबाट दैनिक २ सय लिटर दूध बिक्री गर्ने गरेको छ । यो आफ्नै फार्मबाट उत्पादीत दूध मात्र हो । सदस्य तथा गैर सदस्यहरुले पनि उक्त डेरीमा दूध बिक्री गर्ने गरेको र आफूहरुले खरिद गर्दै आएको सचिव पौडेलले बताउनुभयो । पौडेलका अनुसार प्रति भैंसी एक लाख मूल्य पर्ने गरेको छ । उक्त संस्थाले मुर्रा जातका भैसी पाल्दै आएको छ ।सहकारीले दूध बिक्रीबाट मात्र दैनिक २० हजार नाफा गर्ने गरेको छ ।
संस्थाले उत्पादन लागत क मगर्न घाँस कार्यक्रमलाई प्राथमिकता दिदैं आएको छ । संस्थाले १५ रोपनी जग्गामा घाँस रोप्दै आएको उपाध्यक्ष बिष्णुप्रसाद बरालले बताउनुभयो । ‘दाना, चोकर, भुष खुवाउँदा लागत बढी,आम्दानी कम हुने भएकाले घाँसमा आधारित दूध उत्पादानमा जोड दिन थालेका हौं’ उहाँले भन्नुभयो । घाँसबाट मात्रै संस्थाले वार्षिक १ लाख आम्दानी गर्ने गरेको छ ।
संस्थाले अर्गानिक तरकारी उत्पादनमा पनि जोड दिएको छ । काउँली, बन्दा लगायतका विभिन्न तरकारी लगाएर संस्थाले राम्रै आम्दानी गर्ने गरेको संस्थाका कोषाध्यक्ष बसन्त पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार तरकारी उत्पादन गर्दा विषादीरहित उत्पादन हुने गरेको छ । त्यस्तै संस्थाले विभिन्न तरकारीका बिउबिजन पनि बिक्री गर्ने गरेको छ ।
संस्थाले निकट भविष्यमै तरकारी तथा बीउबिजन बिक्री केन्द्र स्थापना गर्ने तयारी गरेको छ । संस्थाका सचिव पौडेलका अनुसार छिट्टै भैंसीको संख्या बढाउने, डेरीको क्षमता बिस्तार गर्ने, तरकारी उत्पादन वृद्घि गर्ने एव बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।
संस्थाको ४५ लाख बचत रहेको छ । बचतबाट सदस्यले ऋणसमेत पाउँछन् । संस्थाले सदस्यको सुविधाका लागि भैंसी पनि बिक्री गर्दै आएको छ । संस्थाका हाल २२० जना शेयर सदस्य छन् । त्यसमध्ये ७८ जना पुरुष र अरु १४२ जना महिला हुन् । संस्थामा पाँच हजारदेखिख १ लाखसम्म शेयर राखेका सदस्यहरु छन् । सहकारीमा ९ जना कर्मचारीले काम गर्दै आएका छन् ।
प्रस्तुतीः तुलसी सुवेदी


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक