उनले आफैं पनि भैंसी पालेका छन्


‘जबसम्म सरकारले कृषिलाई विशेष प्राथमिकता दिन सक्दैन्, तबसम्म देशको आर्थिक अवस्था माथि उठ्न सक्दैन्’ यो भनाई हो, उद्यमी कृषि सहकारी संस्था पोखराका सचिव खिमानन्द पौडेलको ।
पौडेल कृषि बिना देश उभो लाग्न नसक्ने बताउँछन् । कृषिमा सुधार हुन नसक्नु नै देशको आर्थिक अवस्था धराशायी भउको उनको तर्क छ । सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्न सके मात्र देशले आर्थिक फड्को मार्न सक्ने उनी विश्वास गर्छन् । ‘कृषिमा केही गर्ने उद्देश्यले म सहकारीमार्फत कृषि व्यवसायमा होमिएको हुँ’ उनी भन्छन् । कृषिमा काम गर्दै जाँदा हौशल्ला मिलेको छ ।
उनी पेशाले प्रध्यापक हुन् तर उनले आफैं पनि भैंसी पालेका छन् । ‘पढाएर मात्र आर्थिक उन्नती हुदैँन, कृषिमै केही गर्न सकियोस् भनेर मैले भैंसी पाल्दै आएको छु’ उनी भन्छन् । उद्यमी सहकारी गठन हुनुअघि उनी बिहानी बचत तथा ऋण सहकारी संस्थामा आबद्व थिए । बचत सहकारीमा २ वर्ष सञ्चालक भएर काम गरेपछि उनलाई पैसाको कारोबार गर्ने संस्थामा मात्र बस्न चित्त बुझेन । भन्छन्, ‘कृषिमै लगानी ग¥यौं भन्दा नमिल्ने भएपछि मेरै सक्रियतामा कृषि सहकारी गठन गरेका हौं’ उनी भन्छन् ।
उनले लेखा तथा व्यवस्थापन सम्बन्धी तालिम लिईसकेका छन् । अब उनलाई उत्पादन तथा प्रशोधन तालिम आवश्यक भएको बताउँछन् । ‘उत्पादन, प्रशोधनमा काम गरेपनि अझै तालिम पाए हुन्थ्यो भन्ने लागेको छ’ उनी भन्छन् । उनले उत्पादन र प्रशोधनको तालिमका लागि सरोकारवाला नियकासँग समन्वय गरिरहेको बताउँछन् । अब कृषिलाई आत्मसात गर्न नसकिए कहिल्यै पनि प्रगती गर्न नसकिने उनको भनाई छ ।
कृषिको व्यवसायीकरणका लागि राज्यले नीतिगत कुरामा ध्यान दिनुपर्ने, कृषिमा बजेट बढी भन्दा बढी व्यवस्था गर्नुपर्ने, कृषिका विभिन्न क्षेत्रमा तालिम दिनुपर्ने आवश्यकता ठान्छन् । अधिकांश सहकारीले कृषि क्षेत्रमा लगानी गर्न नसकेको उनको गुनासो छ । ‘सहकारी पैसा किनबेचमा मात्र सीमित भएका छन्, यसले आर्थिक सशक्तीकरण हुन सक्दैन्’ उनी भन्छन् । कृषि मात्र होइन सबै सहकारीले कृषिमा अनिवार्य लगानी गर्न सके, लगानी गर्न वाध्य पारिए मात्र सहकारीमार्फत कृषि क्रान्ती संभव हुने उनी ठान्दछन् ।
हाल सचिव रहेका पौडेल आगामी अधिवेशनपश्चात सहकारी संस्थाको नेतृत्व गर्ने सोचमा छन् । ‘ आफैले जन्माएको संस्थाको आफै नेतृत्व गर्ने रहर कसलाई पो हुन्न र ? उनी प्रश्न गर्छन् । त्यस्तै कृषि जिल्ला संघ तथा सहकारी जिल्ला संघमा नेतृत्वमा जाने रहर पालेर बसेका छन् । उनले सहकारीले कृषिमा बढी भन्दा बढी लगानी गर्न अनिवार्य गरिनुपर्ने प्रावधान ल्याउन अभियान नै सञ्चालन गरिनुपर्ने आवश्यकता थान्छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर