सहकारी निश्क्रिय हुने क्रम बढ्यो


काठमाडौं, बैशाख ६ । पछिल्लो समयमा सहकारी निश्क्रिय हुने क्रम बढेको छ । दर्ता भएपनि केही वर्षपछि सञ्चालनमा समस्या आउँदा सहकारी निश्क्रिय हुन थालेका हुन् ।
सहकारी विभागका अनुसार देशभर रहेका ६ सय ८४ सहकारी निष्क्रिय रहेको पाइएको छ । निश्क्रिय संस्थालाई सहकारी विभागले सूचना प्रकाशित गरेर दर्ता खारेज गर्न सक्ने जनाएको छ ।
विभागको तथ्याङ्कअनुुसार ३ हजार ६ सय ३३ वटा सहकारीले हालसम्म पनि वार्षिक लेखापरिक्षण गराएका छैनन् । लेखा परिक्षण नगारएका संस्थालाई पनि कारवाही गर्न सकिने विभागको रणनीति छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न