आर्दश शिक्षकको साधारणसभा सम्पन्न


रुपन्देही, शैशाख ६ । रूपन्देहीमा जिल्लाभरका शिक्षकको हितका लागि नेपालमै पहिलोपटक दर्ता भएको एक सहकारीको प्रारम्भिक साधारण सभा तथा अधिवेशन आज (शनिबार) मणिग्राममा सम्पन्न भएको छ ।
आदर्श शिक्षक वचत तथा ऋण सहकारी संस्थाको नाममा दर्ता भएको उक्त सहकारीका अध्यक्ष एवम् नेपाल शिक्षक संघ रूपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
डिभिजन सहकारी रूपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको साधारण सभाले पाँच लाख अन्ठाउन्न हजार रूपियाँको अनुमानित आय–व्यय पारित गरेको छ ।
सहकारीको आजै (शनिबारै) सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि सञ्चालक समिति र लेखा समिति पनि चयन गरेको छ ।
कुलप्र्रसाद लामिछानेकै अध्यक्षतामा चयन भएको सञ्चालक समितिका उपाध्यक्षमा गोपीकृष्ण भण्डारी, सचिव खेमराज पाण्डेय र कोषाध्यक्षमा कैलाश गौतम हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा यज्ञपुरूष गैह«े, देवी अर्याल, मीना आचार्य, इन्दु पौडेल र विश्वनाथ न्यौपाने हुनुहुन्छ ।
यसैगरी, ज्ञानेन्द्र न्यौपानेको संयोजकत्वमा चयन भएको लेखा समितिका सदस्यहरूमा शिवलाल गौतम र हरिप्रसाद भट्टराई रहनुभएको छ ।
सहकारीका सचिव खेमराज पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा नेपाल शिक्षक यूनियनका अध्यक्ष सोमनाथ गिरि, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, रामबन सहकारीका अध्यक्ष बाबुराम भण्डारी, शिक्षक संघका उपाध्यक्ष लालप्रसाद पंगेनी लगायतले जिल्लाभरका शिक्षकको हितका लागि नेपालमै पहिलोपटक सहकारी दर्ता भएको भन्दै खुशी व्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन