सबै सहकारीका सदस्य


बागलुङ, बैशाख ७ । बाल्गुङको एक गाविसका सबै सहकारीमा आबद्व भएका छन् । जिल्लाको नरेठाँटी गाविसवासी सहकारीमा आवद्व भएपछि उक्त गाविसलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ ।
गाविसका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ‘सहकारी गाउँ’ घोषणा गरिएको हो । गाविसभित्र रहेका ६ सय ९० घरबाट महिला सदस्य ‘जीवन साहारा महिला बचत तथा ऋण सहकारी’मा आवद्ध भएका छन् । सरकारी कार्यालय, राजनीतिक दल, सामाजिक संघसंस्था, सहकारीकर्मीलगायतले घोषणाप्रति ऐक्यबद्धता जनाएका छन् । महिलाको आर्थिक विकास र सशक्तीकरणका लागि सहकारीमार्फत अभियान थालिएको हो । सहकारीमा आबद्ध भएपछि यहाँका महिला आयआर्जनका कार्यमा जोडिएका छन् । नियमित कारोबार र बचतले उनीहरूको आर्थिक हैसियत पनि बढाउँदै लगेको छ । सहकारीबाट ऋण लिएर महिलाले विभिन्नखाले उद्यमका काम गर्न थालेका छन् । नरेठाँटीलाई सहकारी गाउँ घोषणा गरेपछि स्थानीय उत्साहित बनेका छन् । “महिलामा सहकारीप्रतिको रुचि र चासो बढ्दै गएको छ” स्थानीय सामाजिक अगुवा चन्द्रदत्त रेग्मीले भन्नुभयो । पछिल्लो समयमा गाउँ–गाउँमा सहकारी विस्तार हुने क्रम बढ्दो छ । जिल्लाका प्रायः सबै गाविसमा सहकारी संस्था स्थापना भइसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न