प्रशिक्षक उत्पादन गर्दै सहकारी बैंक


bankकाठमाडौं, बैशाख ८ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना आबद्ध सहकारी संघ संस्थाहरुलाई सक्षम र सबल बनाउन क्रियाशील भएको छ । बैंकले हालै ३१ जना प्रशिक्षक तयार पारेको छ ।
बैंकिङसम्बन्धी तालिम दिने उद्देश्यले बैंकले प्रशिक्षाक उत्पादन गरेको हो । सहकारीका क्षेत्रमा उच्च स्तरको तालिम कार्यक्रम संचालनका लागि ३१ जना प्रशिक्षकहरु तयार पारेको जनाएको छ । दक्ष सहकारी प्रशिक्षक उत्पादन गर्ने सोचका साथ संचालित ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
देशभरबाट बिभिन्न सहकारी संघ संस्थाहरु वाट प्रतिनिधित्व गरी उपस्थित सहभागि भएको उक्त तालिम कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह(सचिव सुरेश प्रधान, भन्स महासंघका वर्तमान प्रमुख कार्यकारी अधिकृत Elenita V San Roque र पुर्ब प्रमुख कार्यकारी अधिकृत RanjithHettiarachchiले प्रशिक्षण दिनुभएको थियो ।
उक्त तालिममा राष्टिय सहकारी बैंकका संचालक २ जना , लेखा समिती सदस्य २ जना , शिक्षा तालिम उपसमिति सदस्य १ जना कर्मचारी २ जना , नेपाल राष्ट बैंकवाट १ जना , केन्द्रिय सहकारी प्रशिक्षण केन्द्र वाट १ जना , सहकारी पत्रकार समाज बाट १ जना र विभिन्न जिल्ला सहकारी संघ तथा प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी , व्यवस्थापकहरु गरि जम्मा ३१ जना सहभागि रहनु भएको थियो ।

एक दक्ष सहकारी प्रशिक्षक बन्ने उद्धेश्यका साथ देशभर वाट उपस्थित सहभागीहरुले प्रभावकारी रुपमा पालो पालो गरी तालिम कार्यक्रममा सहजीकरण तथा मनोरन्जनात्मक कार्यक्रम द्वारा तालिम कार्यक्रमलाई अझ रोचक बनाउदै तालिम कार्यक्रम सम्पन्न भएको र तालिमको प्रशिक्षार्थीवाट अन्तिम मुल्याकन गर्ने ब्यबस्था समेत गरिएको बैंकको तालिम तथा शिक्षा उप(समितिका संयोजक सरिता भट्टराईले जानकारी गराउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने