शाखा बिस्तारको तयारीमा सहकारी बैंक
काठमाडौं, बैशाख ८ । राष्ट्रिय सहकारी बैंकले तीन शाखाको बिस्तार गर्ने तयारी गरेको छ ।
बैंकले सिरहाको लाहान, रौतहतको चन्द्रनिगाहपुर र कैलालीको धनगढीमा शाखा बिस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्र बैंकको स्विकृति आइसकेको र शाखा खोल्ने कार्य अन्तिम चरणमा पुगेको बैंकका अध्यक्ष रमेश पोखरेलले बताउनुभयो ।
असार अन्तिमसम्ममा तीनवटै शाखा संचालनमा आउने बताइएको छ ।
सहकारी बैंकको हाल ३४ शाखा छन् ।