फेरिदैँ जीवनशैली, जाग्दै आशा


इलाम, बैशाख ९ । कुनै बेला चुलो चौकोमा बिताउने महिलाको आजकल जीवनशैली फेरिएको छ । दुईचार पैसा चाहिएमा श्रीमानसँग माग्नुपर्ने, पैसा माग्दा धेरै उद्देलन सुन्नुपर्ने महिलाहरुको दैनिकी फेरिएको छ ।
सहकारीका माध्यमबाट संगठित हुदैं आयआर्जनतर्फ लागेपछि उनीहरुको जीवनशैली फेरिदै गएको हो । उनीहरुमा आशा जाग्नुका साथै श्रीमान एंव सिंगो परिवारका लागि आशाका केन्द्र बनेका छन् यतिखेर महिलाहरु ।
सहकारीको माध्यमबाट इलाम गजुरमुखी गाविसका महिलाको जीवनस्तर सुध्रिदै गएकोमा उनीहरु स्ंवयम दंग परेका छन् भने उनीहरुको तारिफ गर्नेहरु पनि बढ्न थालेका छन् । गाउँमा खुलिएका सहकारीले महिलाको अर्थिक सुधार हुनुका साथै नेतृत्व गर्ने क्षमतासमेत बढाएको छ ।
‘महिला गजुरमुखी वहुउद्देश्य सहकारी संस्था’ ४० लाख रुपियाँ रकम बचत गरेर महिला सदस्यहरुलाई रकम लगानी गरेको छ । महिलामात्रै सेयर सदस्य रहेको यस सहकारी संस्थाले महिलाहरुमा सामाजिक, अर्थिक सुधार आएको संस्थाका अध्यक्ष इन्द्रमाया आङ्देम्वेले बताउनुभयो ।
संस्थाले बेसार खेती, पशुपालन, अदुवा खेती, लसुन खेतीलगायत कृषिजन्य बस्तु उत्पादनका लागि सहकारीले बचत रकम लगानि गरिरहेको अध्यक्ष आङ्देम्वेले बताउनुभयो । सहकारी संस्थामा सदस्य भएपछि घरखर्च चलाउन सजिलो भएको संस्थाका सदस्य कविता आङ्देम्बेले बताउनुभयो । कविताले सहकारीकै डेरी सञ्चालन गर्दै आउनुभएको छ ।
नौ वटै वडाका सेयर सदस्य रहेको यस संस्थाबाट महिलाहरुले व्यवसाय संचालन, कृषि, पशुपालन तथा अपतकालिन सहयोग पाउने गरेको अध्यक्ष आङ्देम्वेले बताउनुभयो । कुल ५२७ सेयर सदस्य रहेको यस सहकारीले दुध डेरिसमेत सञ्चालन गर्दै आएको संस्थाका सामायिक परिचालीका कमला बुढाथोकीले जाकारी दिनुभयो । सहकारीका माध्यमबाट महिलाहरुमा अर्थिक सुधार हुन थालेको बुढाथोकीले बताउनुभयो ।
सहकारीमा अवद्ध भएका महिला सामाजिक तथा आर्थिक जिवन परिवर्तन भएको सहकारी डिभिजन कार्यालय इलामका सहकारी अधिकृत दुर्गा न्यौपानेले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न