फस्टाउँदै व्यवसाय, चम्कदै दिदिबहिनी


-तुलसी सुवेदी-

IMG_4553
म्याग्दी, बैशाख ९ । तीन वर्षअघि बेनीका ६ जना महिलाले दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाबाट एकएक लाख ऋण लिएर व्यवसाय शुरु गरे । अहिले उनीहरुको व्यवसाय फस्टाउँदै गएकोमा दंग छन् ।
व्यवसाय शुरु गरेदेखि अहिले उनीहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । उनीहरुले ऋण लिएर भृकुटी इम्पोरियम एण्ड टेलरिङ सेन्टर खोले । जसमा विभिन्न कपडा पाइनुका साथै कपडा सिलाउने काम पनि हुन्छ । महिलाहरुले आफैै हातैले बुनेका कपडाहरु पनि बेच्छन् भने अन्य कपडा पनि बेच्दै आएका छन् । त्यस्तै नयाँ कपडा सिलाउनेदेखि पूराना लुगा मर्मत गर्ने पनि उनीहरुको दैनिकी हो । IMG_4547
‘शुरुमा हामी गृहणीका रुपमा थियौं, सहकारी स्थापना गरेर ऋण ल्याई व्यवसाय शुरु गरेपछि आम्दानी बढ्न थाल्यो’ श्रृजना श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार व्यवसाय शुरु गरेदेखि परिवारमा समेत आर्थिक जोहो गर्न सजिलो भएको छ ।
उनीहरुले सिजनमा मनग्य आम्दानी गर्र्छन् । दशैं, तिहार, तिजमा उनीहरुलाई भ्याईनभ्याई हुन्छ । सारी बनाएर, बुटट बनाएर राम्रै आम्दानी गर्न सफल भएको श्रेष्ठ सुनाउनुहुन्छ ।
‘शुरुमा लगानी गरेपछि थप्नुपरेको छैन्, प्रतिमहिनामा २५÷३० हजार फाइदा हुन्छ ।’ सिजनका बेला अझ राम्रो आम्दानी हुने गरेको उनीहरु दंग छन् ।
बेनी नगरपालिका १३ की खकदेवी पुन पनि दिदिबहिनी सहकारीबाट ऋण लिएर कुखुरापालन व्यवसायमा होमिएकी छिन् । शुरुमा उनका श्रीमान होमबहादुर बुढा मजदुरी गर्नका लागि वैदेशिक रोजगारीमा गएका थिए । पछि उनले घरमै बसेर व्यवसाय गर्दा कमाईने भनेर श्रीमानलाई फकाईन र फर्कान । अहिले उनीहरुले व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।dd bahini 2

उनीहरुले दिदिबहिनीबाट एक लाख ऋण लिएर र आफूसँग भएको थप पैसा लगाएर कुखाुरापालन व्यवसाय गर्र्दै आएका छन् । अहिले उनीहरुले आफैं कुखुरा पाल्ने र आफै मासु काटेर बेच्ने गर्छन् । उनीहरुले मासिक १० लाखको कारोबार गर्दै आएको जानकारी दिए । उनीहरुको कुखुराफार्म र मासु पसलमा चारजनाले रोजगारी गर्दछन् ।
खकदेवी पुनको दम्पतीले ६ रोपनी जग्गामा आफै खोर बनाएर व्यवसाय शुरु गरेका हुन् । उनका श्रीमान् होमबहादुर पुन ५ वर्षसम्म विदेशमा बस्दा पनि खासै कमाई हुन नसकेपपछि फकाएर घर फर्र्काई व्यवसाय शुरु गरेकी बताईन् ।
त्यस्तै अनिता खत्रीले अहिले कृषि व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँका श्रीमान् रमेश खत्री पनि लामो समय विदेश बसे पनि सन्तोषजनक कमाई हुन नसकेपछि उनीहरुले घरमै व्यवसायीक कृषि गर्ने अठोट गरे । उनीहरुले दिदिबहिनी सहकारीबाट एक लाख र आफूसँग बचेको केही पैसा जम्मा गरेर उन्नत जातका गाई र भैसी पाल्न थाले । अहिले उनीहरुको ५ भैसी र २ गाई छन् ।
त्यस्तै उनीहरुले गाउँघरबाटसमेत दूध संकलन गरी बजारसम्म दूध बिक्री गर्न लैजाने गर्छन् । केही वर्षअघि मोटरसाईकलबाट दूध ओसार्ने ती दम्पतीले आफ्नै लगानीमा गाडि समेत किन्न सफल भएका छन् । dd bahini
श्रीजना, खकदेवी र अनिता मात्र होइन दिदिबहिनी सहकारीबाट ऋण लिएर व्यवसाय गर्ने महिलाहरु २ सय बढी रहेका छन् । संस्थाका अध्यक्ष जमुना आचार्यले २ सय बढी महिलाहरुले ऋण लिएर कृषि,उद्योग एंव साना व्यवसाय गर्दै बताउनुभयो ।
स्वरोजगार कोषबाट समेत ऋण लिएर सदस्यहरुलाई सहुलियतमा ऋण दिदैं आएको संस्थाले जनाएको छ ।
तीन वर्षअघि स्थापना भएको संस्थाका ३ सय १२ जना सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी १ करोड १३ लाख पुगेको छ ।beni ddd
त्यस्तै संस्थाले तीन करोड निक्षेप संकलन गरेको छ भने ४ करोड बढी नै लगानी गरिसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने