कृषि विकास बैंक कर्मचारी संगठनमा खनाल


काठमाडौं, वैशाख १० । नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकास बैंक लिमिटेडले प्रेमप्रसाद खनालको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको राजधानीमा आयोजित तेस्रो केन्द्रिय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा हेमेन्द्र अर्याल, उपाध्यक्षहरूमा क्रमशः बियासीकुमार दनुवार, रत्नमणी पौडेल, तारादेबी बराल, शिवशंकर मण्डल, शंकर बस्नेत रहनुभएको छ । महासचिवमा नारायणदत्त बराल, सचिवहरूमा क्रमशः देवहरी बराल, भगवति कट्टेल, खेटराज दाहाल, टंकनाराण प्रधान तथा कोषाध्यक्षमा तेजप्रसाद दाहाल, सहकोषाध्यक्षमा पदमराज सिलवाल निवाचित हुनुभएको छ ।
निवाचित अध्यक्ष खनालले नेपालको ट्रेड युनियन आन्दोलनमा देखिएका विभिन्न विकृतिहरू अर्थवाद, अवसरवाद र अराजकतावाद जस्ता गलत प्रवृतिका कारण नकरात्मक दृष्टिकोण उत्पन्न भइरहेको भन्दै यस्ता गलत प्रवृतिको निराकरणका लागि व्यवस्थित र मर्यादित बनाउन आधिकारीक ट्रेड युनियन निर्माणका लागि लागिपर्ने बताउनुभयो ।
बैंकमा क्रियाशील सहकर्मी युनियनहरूसँग छलफल र सहकार्यबाट बैंकमा देखा परेका विभिन्न समस्याहरू हल गर्न साझा धारणा बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो । बैंक रहे कर्मचारी रहने र कर्मचारी रहे संंगठन रहने कुरामा जोड दिंदै संस्थाको प्रगतिका लागि आगामी दिनमा लागि पर्दै जाने प्रतिवद्घता अध्यक्ष खनालले गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न