कृषिबिना देश विकास असम्भव–भट्टराई


काठमाडौं, बैशाख १० । कृषि सचिव उत्तमकुमार भट्टराईले कृषिको विकासबिना देश विकास असंभव भएको बताउनुभएको छ ।
परिवारिक खेती सन् २०१४ को अवसरमा कृषकलाई अनुदान वितरण एंव सम्मान कार्यक्रममा बोल्दै सचिवले कृषिमा आत्मनिबर्भर हुन कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो । ‘नेपालीलाई चाहिने खाद्यन्न आफैं उत्पादन गर्न सकौैं,यसो गर्न सके मात्र आर्थिक विकास संभव छ’ उहाँले भन्नुभयो ।
कृषिको बिकास नभईकन देशको विकास हुन नसक्ने भएकाले कृषिको व्यवसायिकरणका लागि कृषक अग्रसर हुनुपर्नेमा सचिव भट्टराईले जोड दिनुभयो ।
‘पारिवारिक खेतीसँगै कृषिको व्यवसयीकरण गर्न सके कृषिको परनिर्भरता अन्त्य गर्न सकिबने उहाँको भनाई थियो । श्रम बजारमा आउने चार लाख युवा नै वैदेशिक रोजगारीमा जानु र कृषिमा युवा अग्रसर हुन नसक्नु दुःखद भएको बताउनुभयो ।
डा. केशब खड्काले कृषिमा खडेरी आएकाले कृषिको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनुभयो । ‘पारिवारिक खेतीमा लागेपछि आफूलाई चाहिने तरकारी उत्पादन गर्न सकिने भएले सबैले अनुसरण गर्न आवश्यक छ’उहाँले भन्नुभयो ।
नेपाल किसान सहकारी केन्द्रिय संघका अध्यक्ष खेम पाठकले पारिवारिक खेतीले ताजा तरकारी खान पाइने भएकाले सबैले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । सबैले व्यवसायीक कृषि अंगाल्न नसेपनि अधिकांशले पारिवारिक खेती अबलम्बन गर्न सके कृषिको परनिर्भरता घट्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन