पारिवारीक खेती गर्ने १४ जना किसान सम्मानीत


काठमाडौं, बैशाख १० । पारिवारीक रुपमा उदाहरणिय कृषि व्यवसाय गरेका १४ जना कृर्षकलाई आज सम्मान गरिएको छ ।
विभिन्न पारिवारीक कृषि व्यवसायमा संलग्न ५ विकास क्षेत्रका उत्कृष्ट १४ जना कृर्षकहरुलाई आज एक कार्यक्रमका विच कृषि सचिव उत्तम कुमार भट्राईले कृषि विकास मन्त्रालयमा सम्मान तथा अनुदान हस्तान्तरण गर्नुभएको हो ।
पूर्वमा महारानी ३ झापाका गाई पालन तथा मौसमी तरकारी व्यवसाय गर्दै आएका युवा कृर्षक हेमराज विष्ट, मध्यमाञ्चलमा गाई पालन तथा तरकारी खेति गर्दै आएका चितवनका जनक शिवाकोटी, वाख्रा पालन तथा तरकारी खेती गर्दै आएका धनुसाको जनकपुरका मोहम्मद गफुर राईन, उन्नत जातका बाख्रा पालन गर्दै आएका धादिंगका बलराम धमला, फलफुल, तरकारी तथा बाख्रा पालन व्यवसायमा संलग्न धादिंगकी सम्झना पण्डीत लामिछाने, बाख्रा पालन व्यवसाय गर्दै आउनु भएका अर्जुन प्रसाद खनालले सम्मान तथा अनुदान प्रदान गरिएको हो ।
यस्तै पश्चिमाञ्चलमा रुपन्देहीमा बाख्रापालन र तरकारी खेती गर्दै आउनुभएका बुद्धि प्रसाद ढकाल, कपिलवस्तुमा गाई, वाख्रा र तरकारी खेती गर्दै आउनुभएका दिनेश वेल्वासे, रुपन्दहीमा बाख्रपा पालन गर्दै आउनुभएकी सारादा रिजाल, भैसि पालन गर्दै आउनुभएका कास्कीका रामप्रसाद गौतमलाई पनि सम्मान सहित अनुदान हस्तन्तरण गरिएको छ ।
मध्यपश्चिममा सुर्खेतको लाटिकोईलिमा गाई पालन गर्दै आउनुभएकी निता कुमारी चन्द, वंगुर पालन गर्दै आउनुभएका बाँकेका हरिश्चन्द्र के.सीलाई सम्मान तथा अनुदान प्रदान गरिएको छ ।
सूदुरपश्चिममा वंगुर तथा तरकारी खेतीमा संलग्न राम प्रसाद जैशी र कञ्चनपुर सुडाका रामसिंह धामीलाई सम्मान तथा अनुदान प्रदान गरिएको छ ।
कार्यक्रममा किसानहरुले सरकार र पारीवारीक खेतीवर्ष २०१४ ले आप्mनो व्यवसायलाई अझै राम्रो वनाउनका लागि गरेको सहयोग सहनिय रहेको बताएका छन् ।
कृषको स्तर उन्नतीका लागि सरकारी र सरोकारवाला निकायबाट भएको सहयोग राम्रो भएपनि उत्पादनको एकीकृत विक्रि केन्द्र वन्न नसकेको, बजारको समस्या, सडक सञ्जालको विस्तार आवश्यक रहेको बताएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध