कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लैजाने


नेपालका लागि विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशन ९आइएफसी०सँग सैद्धान्तिक सहमति भएको छ ।
आज उद्योगमन्त्रालय उद्योगमन्त्री महेश बस्नेत र आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहबीच उक्त सहमति भएको हो ।
आइएफसीले कम्पनी रजिष्टारको कार्यालयलाई पूर्णरुपमा डिजिटलाइज गर्ने तथा अटोमेशनमा लैजान आइएफसीले सहयोग गदैँ आएको छ ।
उद्योगमन्त्री महेश बस्नेतले विभागलाई पनि अटोमेशनमा लैजाने प्रक्रियाका लागि आइएफसीले सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रति आभार व्यक्त गर्नुभयो । उहाँले नविन प्रविधि, अनलाइन प्रणाली तथा पूर्ण अटोमेशनमा उद्योगमन्त्रालय अन्तरगतका सबै कार्यालयलाई लैजाने प्रक्रिया आफ्नै कार्यकालमा पूर्ण हुने विश्वास व्यक्त गनुभयो ।
साथै आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहले अटोमेशनमा लैजाने अभिभारा आफूहरुले पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
सो भेटमा बल्र्ड बैंक ध्यचमि द्यबलप एचयनचबm ःबलबनभच ऋभष्बि इचतभनब को समेत उपस्थिति रहको थियो ।
भेटमा मन्त्रालयका सचिव जयमुकुन्द खनाल, योजना शाखाका सहसचिव जीतबहादुर थापा, प्रवक्ता यामकुमारी खतिवडा लगायतको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले