दीपज्योति साकोस भरतपुर निशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण


1

केशब लोहनी

चितवन.१० वैशाख- दिपज्योति बचत तथा ऋण सहकारी सस्था भरतपुर ११ चितवनले आफ्ना शेयर सदस्य तथा गैर शेयर सदस्य हरुलाइ निशुल्क पाठेघरको मुखको क्यान्सर सम्बन्धि जनचेतना मुलक अन्तरकृया कार्यक्रम तथा क्यान्सर परिक्षण सम्पन्न गरेको छ । बि पी. कोइराला क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न अन्तरकृया कार्यक्रम तथा परिक्षण सस्थाको. महिला बिकास उप समितीले सयोजने र कार्यक्रम बिपि कोइराला क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा सम्पन भएको हो ।

बचत तथा ऋण कारोबार बाट उत्कृष्ठ सेवा पुराउदै आयको यस सस्थाले सामाजिक उत्तरदायीत्व बहन गर्ने क्रममा यस कार्यक्रमको आयोजना गरीएको महिला बिकास उप समिती सयोजक श्री भगवती घिमीरेले जानकारी गराए । उक्त कार्यक्रममा ५० जना शेयर तथा गैर शेयर सदस्यको निशुल्क जाच गरीएको सो कार्यक्रमममा करीव १० जनामा सामान्य सक्रमण देखिएको र एक जनामा गम्भीर समस्या देखिएको नर्स मन्जु शर्माले जानकारी दिए । दिपज्योति बचत तथा ऋण सहकारीका अध्यक्ष एवं क्यान्सर अस्पतालका जनस्वास्थ अधिकृत भोला शिवाकोटीले कतिपय महीला शेयर सदस्यलाई पाठेघरको मुखको क्यान्सर बिषयमा थाहा नभएको र थाहा पाए पनि सबेदनशील बन्न नसकेको अवस्थामा यस कार्यक्रमले क्यान्सर सचेतनामा प्रभावकारी भुमिका खेलेको बताए ।2345


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर