नियमन फितलो हुदाँ सहकारी धराशायी


suredndaकाठमाडौँ, वैशाख ११।नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नियमन फितलो हुदाँ सहकारी धराशायी भएको बताउनुभएको छ । सहकारीमा नियमन हुन नसके सहकारीमा समस्या बढ्न सक्ने बताउनुभयो ।
राष्ट्रिय सहकारी कर्मचारी संघको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार सम्वोधन गर्दै नेता पाण्डेले सहकारीमार्फत नै देशलाई संमृद्वितर्फ लैजाने बताउनुभयो । ‘सहकारीबाट काम गर्दा छिटो आर्थिक विकास संभव छ’ उहाँले भन्नुभयो । sahabhagi
‘सहकारी मुलुकको अर्थतन्त्रको एउटा खम्बा भएकाले सहकारीलाई बलियो खम्बाका रुपमा स्थापित गर्न आवश्यक भएको उहाँको भनाई थियो ।  ‘केही सहकारीहरुले खराब काम गरेकाले राम्रा सहकारीको पनि वद्नाम भएको छ, यसका लागि सहकारीमा नियमन आवश्यकता छ ।’ उहाँले भन्नुभयो ।
अबको बाटो औधोगिक क्रान्तिको भएको भन्दै त्यही दिशातिर लाग्न जरुरी छ जरीरी रहेको र सहकारीमार्फत नै औद्योगिक विकास संभव रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन