जीवनमार्ग सहकारीबाट जीवितै उद्वार


काठमाडौँ, १६ वैशाख । जीवनमार्ग बहुउद्देश्यीय सहकारी आसपासमा धेरैलाई जीवितै उद्वार गरिएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित ठाडो भ¥याङमा रहेका जीवनमार्ग बहुउद्देश्यीय सहकारीलगायत हालसम्म ५५ जनाको जीवितै उद्धार गरिएको हो । त्यस्तै अन्य ४८ जनाको शव निकालिएको छ ।

यहाँको जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त सङ्ख्यामा उद्धार गरिएको हो ।

ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ ।

यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्धार कार्यलाई जारी राखिएको बताउनुभयो ।

उहाँले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको सङ्ख्या बढी भएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न