दीपज्योति साकोस भरतपुर द्धारा भुकम्पपिडीत लाई सहयोग
दीपज्योति साकोस भरतपुर द्धारा भुकम्पपिडीत लाई सहयोग

केशब लोहनी /भरतपुर, १७ बैशाख -गत बैसाख १२ गतेको महाभुकम्प बाट पिडीतहरुको सहयोगार्थ भरतपुर ११ चितवनमा रहेको दिपज्योति बचत तथा ऋण सहकारी सस्था भरतपुर ११ चितवनले रु दस हजार नगद सहयोग गरेको छ । बैसाख १५ गते बसेको सस्थाको सचालक समितीको आकस्मीक बैठकले चितवन जिल्ला बचत सघंमार्फत रु १०००० को सहयोग गर्ने निर्णय बमोेजिम उक्त रकम उपलब्ध गराईएको सस्थाका सचिव भबनाथ सडौलाले जानकारी गराए । साथै दुखको यस घडिमा भुकम्पमा परी ज्यान गुमाउने हरु प्रति हार्दिक समबेदना प्रकट गर्दे घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरीएको अध्यक्ष भोला शिवाकोटी द्धारा जारी बिज्ञप्ती मा चितबनमा करीब ७०० को हाराहारीमा सहकारी रहेको र यस बिपतकोे घडीमा सबै सहकारीलाई सहयोगको हात बढाउन समेत सबैलाई आग्रह समेत गरेका छन्।