बाराली सहकारीहरुले महाभूकम्पपिडितहरुलाई राहतका लागि करीव तीन लाख रुपैया संकलन


सिमरा, बैशाख १७ । बारा जिल्लाका सहकारी संघसंस्थाहरुले महाभूकम्पपिडितहरुलाई राहतका लागि रु. तीन लाख संकलन गरेका छन । आज सिमरामा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सभाकक्षमा संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघसहित २७ वटा सहकारी संस्थाहरुले उक्त रकम जम्मा गरेका हुन ।

जिल्लाका सहकारीहरुको तर्फबाट राहत संकलनमा हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रु. ५६,२२६।०० जनकल्याण सहकारीले रु. ५५,१००।०० तामागढी कोल्हवीले रु. २०,२२२।०० सगरमाथा निजगढले रु. १५,५५५।०० बारा जिल्ला बचत तथा ऋण सहकारी संघले रु. ११,१११।०० संगसंगै पथलैयाले रु. ११,०५६।०० जनकल्याण बहुद्धेश्यीय जीतपुरले रु. १०,१०५।०० संगालो सिमराले रु. ७,५००।०० अनमोल अमलेखगंजले रु. ७,३००।०० डुमरवाना दुग्ध उत्पादक सहकारीले रु. ७,१११।०० सप्तरंगी डुमरवानाले रु. ५,५५५।०० नवतारा निजगढले रु. ५,५५५।०० जीतपुर सामुदायिक सक्रियले रु. ५,५००।०० समाजसुधार कृषि सहकारीले रु. ५,५००।०० सिमरा सामुदायिक सक्रियले रु. ५,१५१।०० नवसिर्जना अमलेखगंजले रु. ५,११५।०० सम्मान सिमराले रु. ५,१११।०० सिमरा महिलाले रु. ५,००५।०० संयुक्त सिमराले रु. ५,१५१।०० श्रमिक सिमराले रु. ५,०००।०० औराहा पशुपालनले रु. ५,१००।०० प्रभातफेरी दुग्धसहकारीले रु. ५,०००।०० जीतपुर सहकारी संस्थाले रु. ५,०००।०० सिमरा सामुदायिकले रु. ३,५००।०० सहयोग गर्ने घोषणा गरेका छन ।

सहकारीकर्मीहरुले प्रत्यक्ष रुपमा बारा, मकवानपुरलगायत प्रभावित स्थानहरुमा गएर प्रत्यक्ष रुपमा सहयोग गर्ने निर्णयसमेत गरेका छन । सोका लागि हातेमालोका अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक पौडेलको संयोजकत्वमा ७ सदस्यीय राहत संकलन तथा वितरण संयोजन समितिसमेत गठन गरेको छ । समितिमा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला, सिमरा महिला सहकारीकी अध्यक्ष अनिता लम्साल, औराहा पशुपालन सहकारीका अध्यक्ष मदनबहादुर क्षेत्री, जनकल्याण बहुद्धेश्यीय सहकारीका उपाध्यक्ष गणेश साह, जीवनसहारा कलैयाका व्यवस्थापक सत्तेन्द्र ठाकुर, समाजसुधार कृषि सहकारी डुमरवानाका व्यवस्थापक रविन्द्र भण्डारी, जनकल्याण सहकारी सिमराका अध्यक्ष मधुसुदन सिटौला हुनुहुन्छ ।

बाराली सहकारी राहत संकलन तथा व्यवस्थापन समितिले बैशाख १७ गतेसम्म सहकारी संस्थाहरुलाई राहत घोषणा र समितिमा जम्मा गर्न अपिल गरेको छ । समितिले सिमरास्थित हातेमालो सहकारीमा खाता खोली रकम जम्मा गर्न आग्रह गरेको छ । भोलिसम्म राहत रकम रु. ५ लाख भन्दा मााथि हुने र तत्कालै स्थलगत अवलोकन र आवश्यकताका आधारमा पिडित परिवारजनमा प्रत्यक्ष रुपमा राहत उपलव्ध गराइनेछ ।

भेलाले महाभूकम्पमा परी दिवगंत हुनुभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । महाभूकम्पका पिडितहरुको तत्काल उद्धार, राहत र पुनव्र्यवस्थापनका लागि सरकार र सम्वद्ध निकायहरुलाई तदारुकताका साथ काम गर्न भेलाले आग्रहसमेत गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक