नेफ्स्कुनद्वारा भुकम्पपीडितलाई सहयोग गर्न हार्दिक अपिल


१० लाखको छुट्टै कोष स्थापना

काठमाडौं, बैशाख १७ । बैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पको महाविपत्ती र सिर्जित व्यापक जनधनको क्षतिको कारण हामी सबै राष्ट्रिय शोकमा रहेको भन्दै नेपाल बचत तथा ऋण सहकारी संघले आफ्ना तबरबाट राहत संकलन गर्न आफ्ना सदस्य एंव सहकारी अभियानलाई आह्वान गरेको छ ।
मुलुकको सहकारी अभियान विशेषतः जनस्तरमा बचत तथा ऋण क्षेत्रमार्फत समुदायको आर्थिक समृद्धि र सामाजिक एकताका लागि जुटेको नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेड (नेफ्स्कून) महाभूकम्पको राहत संकलन र वितरण अभियानमा दृढतापूर्वक जुटेका छौं । नेफ््स्कूनका अध्यक्ष श्री ऋषिराज घिमिरेको अध्यक्षतामा बसेको कार्यकारी वैठकले भूकम्पपिडितहरुको राहत र उद्धारका लागि रु. १० लाखसहितको छुट्टै कोष स्थापना गरेको छ । उक्त कोषमा रकम संकलन र राहत वितरणलाई प्रभावकारी बनाउन नेफ््स्कूनका बरिष्ठ उपाध्यक्ष डिबि बस्नेतको संयोजकत्वमा महासचिव श्री परितोष पौड्याल, कोषाध्यक्ष श्री नानीबाबु बुढाथोकी, सञ्चालकहरु श्री नानीकाजी शाक्य श्री रिना आचार्य सदस्य रहनुभएको ५ (पांच) सदस्यीय भूकम्पपिडित राहत व्यवस्थापन उपसमिति गठनसमेत गरिएको छ । उक्त कोषमा सबै बचत तथा ऋण सहकारी संघ संस्थाहरुले आन्तरिक स्रोत, कर्मचारी तलव भत्ताको केही अंश र सदस्य परिचालनमार्फत नेफ्स्कूनको कोषमा यथाशक्य जम्मा गर्न अनुरोध गर्दछौं । हामीले नेफ्स्कूनका छाता संगठनहरु विश्व ऋण परिषद र एशियाली ऋण महासंघ लगायत सहकारी क्षेत्रसंग जोडिएका राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाहरुलाई सहकार्यको लागि हार्दिक आह्वान समेत गरेको जनाएको छ ।
मुलुकभरका विशेषतः बचत तथा ऋण सहकारी क्षेत्रसंग जोडिएका भूकम्पपिडित नागरिकहरुको क्षतिविवरण नेफ्स्कूनले संकलन गरिरहेको छ । सोकालागि मातहत बचत तथा ऋण सहकारी संघसंस्थाहरुलाई नेफ्स्कूनको वेवसाइटमा रहेको फाराम भरी तत्काल विवरण पठाउनका लागि हार्दिक अनुरोध गर्दछौं । नेफ्स्कूनले पिडित सदस्यहरुको राहतका लागि बचत तथा ऋण सहकारी अभियानमार्फत प्रत्यक्ष संलग्न हुने तयारी गरिरहेकोले सहयोग र स्थानीय संयोजनका लागि आवद्ध सदस्य संघसंस्थाहरुलाई हार्दिक अनुरोध विज्ञप्तीमा उल्लेख छ ।

बचत तथा ऋण सहकारी संघसंस्थाहरुको तर्फबाट राहत संकलनका लागि नेफ्स्कूनले सञ्चालन गरेको Nepal Federation Of Savings & credit Cooperative Union भूकम्प पिडित उद्वार रहात कोष जनता बैंक खाता हि.नं  111-002-0020605-02 मा रकम जम्मा गरी मानव उद्धार, राहत र पुनर्व्यवस्थापनको काममा यथाशक्य सहयोग र यो महाअभियानमा जुटनका लागि पुनः सबैमा हार्दिक अपिल गरेको सूचना तथा सञ्चार संयोजक कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने