आपत विपतमा ठगी गर्नेमाथि कार्बाहीको माग


काठमाडौंमा खाद्यान्न, ग्यास र पानीको अभाव नहुने

काठमाडौं बैशाख १७  नीजि क्षेत्रका सरोकारवालाले काठमाडौंमा खाद्यान्न, ग्यास र पानीको अभाव नहुने बताएका छन् । साथै उनीहरुले देश शोकमा ढुबेको यो समय कमाउने समय होइन भन्दै पैसाको पछि लागेर ठगी गर्ने व्यापारीमाथि कार्बाहीको माग गरेका छन् । विहीबार मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘नीजि क्षेत्रबाट राहात कि ठगी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले वर्तमान समयमा नीजि क्षेत्रका कोही कसैले कमाउने उद्येश्य राख्न नहुने बताए । उनले आपतको घडीमा सबैले राहात दिनुपर्ने उल्लेख गर्दै सानो सानो रकमको लोभमा ठगी गर्ने व्यापारीमाथि कार्बाहीको माग गरे । उनले भूकम्पका कम्पनहरुका कारण पसलहरु कम खुलेको बताउँदै आफूहरुले पसल सूचारु गर्नका लागि अभियान संचालन गरेको बताए । काठमाडौंमा खाद्यान्न प्रसस्त रहेको बताउँदै उनले कैयौ दिन सामान नआए पनि काठमाडौंमा समस्या नहुने उल्लेख गरे । गोदामहरुमा सामान प्रसस्त भएको भन्दै उनले ससाना किराना पसलमा सामान सकिए पनि नआत्तिन आग्रह गरे । पूर्ण रुपमा यातायात सूचारु नहुँदा र खुद्रा व्यापारीको घरमा पनि भूकम्पको समस्या परेका कारण उपभोक्ताले त्यसै अनुसार धैर्यता अपनाउनुपर्नेमा उनले जोड दिए । तथापी आफूहरुले पसल संचालन गर्नका लागि अभियाननै चलाएका कारण अब सामानको अभाव नहुने उनको भनाई थियो ।
कार्यक्रममा ग्यास विक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले काठमाडौंमा ग्यास प्रसस्त मात्रामा रहेको भन्दै ग्यास अभाव नहुने बताए । उनले देश कठिन मोडमा रहेका बेला सबै ग्यास बिक्रेताहरुलाई सर्वसुलभ ढंगले ग्यास उपलव्ध गराउन आग्रह गरे । यस्तो अबस्थामा कुनै ग्यास विक्रेताले उपभोक्तामाथि ठगी गर्छ भने त्यस्ता विक्रेतालाई महासंघले कार्बाही गर्ने उनको भनाई छ । ‘आपत विपतको समय कमाउने समय होइन, सहयोग गर्ने समय हो’ उनले भने –‘राहात दिने, सहयोग गर्ने काममा लाग्ने समयमा कोही ठगी गरेर कमाउनतिर लाग्छ भने त्यस्ता व्यक्तिलाई कार्बाही गर्नुपर्छ ।’ अर्यालले दुखको अबस्थामा दुखेको ठाउँसम्म ग्यास पु¥याइदिन समेत ग्यास विक्रेताहरुलाई आग्रह गरे । नेपालको नीजि क्षेत्रले अफ्ठ्यारो अबस्थामा सहयोग गरीरहेको बताउँदै उनले केही व्यक्ति खराव भएका कारण सिंगो नीजि क्षेत्रमाथि दोषारोपण नगर्न पनि आग्रह गरे । तर आफूहरु ठगी गर्नेका विरुद्धमा उत्रिन तयार रहेको उनको भनाई छ ।
कार्यक्रममा काठमाडौं खानेपानी संस्था केयूकेलका अध्यक्ष सुरेश बस्नेततले काठमाडौंमा तत्कालै कुनै किसिमको खानेपानीको समस्या नरहने बताए । उनले केयूकेलले वितरण गरेको पानी पिउन योग्य भएको भन्दै पिउन योग्य नहुने पानी वितरणमा आफूहरुले रोक लगाएको बताए । पानीका कारण विभिन्न रोगहरु लाग्न सक्ने भन्दै उनले पिउने पानी र अन्य प्रयोग गर्ने पानीमा सावधानी अपनाउन आग्रह पनि गरे । पीउन योग्य नभएको पानी नपिउन आग्रह गर्दै उनले भूकम्प गएका ठाउँहरुमा पानी तताएर मात्रै पिउन पनि अनुरोध गरे । भूकम्पबाट पिउने पानीमा पनि कहीँकतै क्षति भएको हुन सक्ने उल्लेख गर्दै उनले केयूकेलले तत्कालीन अबस्थामा काठमाडौंमा पानीको अभाव हुन नदिने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु
ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न