सहकारीका सबै संयन्त्र उद्दार तथा राहत वितरणमा लाग्न आग्रह


राष्ट्रिय सहकारी संघमा प्रधानमन्त्री दैबी प्रकोपमा २५ लाख 

काठमाडौं, १७ बैशाख – गत वैशाख १२ गते गएको विनासकारी महाभुकम्पबाट सिड्डो मुलुक यतिखेर पीडामा डुबेको छ । यसैबीच राष्ट्रिय सहकारी संघले यस प्राकृतिक विपत्तिको त्रासद घडीमा सम्पूर्ण सहकारीकर्मीहरूका साथै आमसमुदायमा मन, वचन र कर्मले महाभुकम्पबाट पीडित व्यक्तिहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक अपिल गरेको छ । संघका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा संघमा वसेको संघका सञ्चालकहरु ,केन्द्रीय सहकारी संघहरू र राष्ट्रिय सहकारी बैकका प्रतिनिधिहरुको आकस्मिक वैठकले तत्कालका लागि महाभुकम्पबाट पीडितहरूको उद्धारका लागि सहकारी क्षेत्रका तर्फदेखी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको हो । संघका सञ्चालक तथा सूचना सञ्चार समितिका संयोजक चन्द्र ढकालका अनुसार वैठकले सहयोगलाई निरन्तरता दिनका लागि सम्पूर्ण सहकारी संघ संस्थाहरु र राष्ट्रिय सहकारी बैकले प्रतिवद्धता व्यक्त गरेका छन् । वैठकले महाभुकम्पबाट पीडितहरूको उद्धारका लागि केन्द्रस्तरमा राष्ट्रिय सहकारी संघ र जिल्ला स्तरमा जिल्ला सहकारी संघका प्रतिनिधिहरुलाई सहभागी गराई यस क्षेत्रको प्रतिनिधित्वका लागि अनुरोध गरेको छ । साथै राष्ट्रिय सहकारी संघको आव्हान अनुसार अन्तराष्ट्रिय सहकारी महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाहरुद्वारा सहयोग गर्ने वचनवद्धता प्रति समेत धन्यवाद दिएको कुरा ढकालले जानकारी दिए ।
महाभुकम्पबाट अति प्रभावित जिल्लामा स्थानीय सहकारी संघ/संस्थाहरूलाई यथाशक्य उद्धार र राहत कार्यमा संलग्न हुन आव्हान गर्दै भुकम्पको सम्भावित खतराबाट वच्न सुरक्षित तवरले आ आफ्नो स्थानमा रहन समेत आव्हान गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान