भुकम्पपीडितलाई सहयोग गर्न सक्रियता देखाउँदै बाराका सहकारीकर्मी


सिमरा, बैशाख १८ । बारा जिल्लाका सहकारी संघसंस्थाहरुले महाभूकम्पपिडितहरुलाई राहत दिन सक्रियता देखाइरहेका छन् । उनीहरुले राहतका लागि सदासयाता देखाउँदै पीडितका लागि राहत संकलन शुरु गरेका हुन् । हालसम्म राहतका लागि करीव चार लाख रुपैया संकलन गरेका छन । बिहीबार नेफ्स्कूनका सञ्चालक एवम् बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले स्थानीय प्रशासन र सहकारी अभियानसंग समन्वय गरी तत्काल स्थलगत अवलोकन र आवश्यकताका आधारमा पिडित परिवारजनमा प्रत्यक्ष रुपमा राहत सामाग्री उपलव्ध गराइनेछ ।

वैठकमा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष शिव अधिकारी र बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला, सिमरा महिला सहकारीकी अध्यक्ष अनिता लम्साल, औराहा पशुपालन सहकारीका अध्यक्ष मदनबहादुर क्षेत्री, जनकल्याण बहुद्धेश्यीय सहकारीका उपाध्यक्ष गणेश साह, जीवनसहारा कलैयाका व्यवस्थापक सत्तेन्द्र ठाकुर, समाजसुधार कृषि सहकारी डुमरवानाका व्यवस्थापक रविन्द्र भण्डारी, जनकल्याण सहकारी सिमराका अध्यक्ष मधुसुदन सिटौलाको उपस्थिति रहेको थियो ।

हालसम्म प्राप्त तथ्यांक अनुसार हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रु. ६३,२६२।०० जनकल्याण सहकारीले रु. ५८,६३०।०० डुमरवाना दुग्ध उत्पादक सहकारीले रु. २१,१०१।०० तामागढी कोल्हवीले रु. २०,२२२।०० सगरमाथा निजगढले रु. १५,५५५।०० बारा जिल्ला बचत तथा ऋण सहकारी संघले रु. ११,१११।०० संगसंगै पथलैयाले रु. ११,०५६।०० जनकल्याण बहुद्धेश्यीय जीतपुरले रु. १०,१०५।०० जीवनसहारा कलैयाले रु. ८,८००।०० हाम्रो सहकारी निजगढले रु. ८,५००।०० अनमोल अमलेखगंजले रु. ७,६१०।०० संगालो सिमराले रु. ७,५००।०० महिला विकास संस्था निजगढले रु. ७,५००।०० सर्वसुलभ मनहर्वाले रु. ६,५००।०० कोहिनुर जीतपुरले रु. ६,१००।०० सप्तरंगी डुमरवानाले रु. ५,५५५।०० नवतारा निजगढले रु. ५,५५५।०० समाजसुधार कृषि सहकारी डुमरवानाले रु. ५,५००।०० जीतपुर सामुदायिक सक्रियले रु. ५,५००।०० सिमरा सामुदायिक सक्रियले रु. ५,१५१।०० संयुक्त सिमराले रु. ५,१५०।०० नवसिर्जना अमलेखगंजले रु. ५,११५।०० निजगढ महिलाले रु. ५,१११।०० सम्मान सिमराले रु. ५,१०१।०० औराहा पशुपालनले रु. ५,१००।०० सिमरा महिलाले रु. ५,००५।०० जीतपुर सहकारी संस्थाले रु. ५,०००।०० प्रभातफेरी दुग्धसहकारीले रु. ५,०००।०० श्रमिक सिमराले रु. ५,०००।०० जोरलाइमाई डुमरवानाले रु. ५,०००।०० अ‍ैंचोपैंचो निजगढले रु. ५,०००।०० सत्यम् कलैयाले रु. ५,०००।०० ऋद्धिसिद्धी कलैयाले रु. ५,०००।०० सिमरा सामुदायिकले रु. ३,५००।०० उद्यमशिल डुमरवानाले रु. ३,००५।०० जनज्योती डुमरवानाले रु. ३,०००।०० खुशी जीतपुरले रु. ३,०००।०० त्रिपुरेश्वर कृषि डुमरवानाले रु. २,१००।०० जनहित उपभोक्ताले रु. २,०५१।०० युगान्तर कलैयाले रु. १,०११।०० उन्नत कलैयाले रु. १,०००।०० र बेलपाती कलैयाले रु. ५००।०० सहयोग गर्ने घोषणा गरेका छन ।

यो अभियानमा सहभागी सबै सहकारी संघसंस्थाहरु र सहकारीकर्मीहरुलाई हार्दिक धन्यवाद छ र अरु सहकारी संघसंस्थाहरुलाई पनि सामुहिक र एकीकृत रुपमा जुटन अपिल गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक