भुकम्पपीडितका लागि बाग्लुङका सहकारीहरु पनि सक्रिय


बागलुङ , बैशाख १८ । भुकम्प पीडितका लागि सहयोग गर्न बाग्लुङका सहकारीकर्मी पनि क्रियाशील रहेका छन् । गत शनिवार देशमा आएको महाभुकम्पवाट व्यापक रुपमा भएको जनधनको क्षतीवाट प्रभावितहरुको सहयोगका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ लि वागलुङको अगुवाईमा राहत संकलन गर्ने काम भइरहेको छ ।
जिल्ला संघको अगुवाईमा भएको भेलाले सम्पूर्ण सरकारी, सहकारी संघरसंस्था, कर्मचारी, नागरिक समाज तथा व्यक्तिहरुलाई बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि दैवी प्रकोप राहत कोषको नाममा रहेका खाता नं हरु सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि।१०४०३०३०००४८४३, बागलुङ बहुउद्देश्यिय सहकारी संस्था लि २८८७ एकता सहकारी संस्था लि। बागलुङ ६०८२२ र राष्ट्रिय सहकारी बैंक लि। शाखा कार्यालय बागलुङ ०००६०६ मा सहयोग उपलव्ध गराईदीन अनुरोध गरेको छ ।
हाल सम्म २ लाख ६६ हजार रुपयाँ सहयोग प्राप्त भएको जिल्ला बचत तथा ऋण सहकारी संघ लि ले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन