गोरखाका भुकम्प पीडितलाई काठमाडौं सहकारी संघको राहत


2काठमाडौं, बैशाख २० । जिल्ला सहकारी संघ काठमाडौंले गोर्खा जिल्लाका भुकम्पपीडितलाई राहत वितरण गरेको छ । हिजो जिल्ला संघले गोर्खामा पुगेर भुकम्पपीडितलाई राहत गरेको हो ।
जिल्ला सहकारी संघ काठमाडौं र अर्मुत आनन्द मार्ग युनिभर्सल रिलिफ टर्सको संयुक्त आयोजनामा श्रीनाथकोत गाबिसका भुकम्प पीडितलाई राहत वितरण गरिएको हो । ३ लाख ७ हजार ५ सयबराबरको खाद्यन्न तथा पाल वितरण गरिएको संघका अध्यक्ष टेकप्रसाद चौलागाईले बताउनुभयो ।
संघले १ सय ५० थान पाल , चामल , चिउरा ,तेल, दाल लगायतका सामाग्री वितरण गरेको थियो । 3
त्यस्तै अमुर्त टोलीका डाक्टरसहितको टिमले सो क्षेत्रका भुकम्पपीडितको स्वास्थ्य परीक्षण गरेको थियो ।
संघका महासचिव खेमराज सुवेदीले भुकम्पपीडितलका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘सबैको सानो प्रयासले पनि भुकम्पपीडितलाई राहत मिल्छ’ उहाले भन्नुभयो ।
गोर्खामा जिल्ला संघका अध्यक्ष टेकप्रशाद चौलागाई, महासचिव खेमराज सुवेदी, संचालक सीता ढकाल, सहकारीकर्मी राज कुमार लामालगायतको टोली राहत वितरण गर्न पुगेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने