भुकम्पपीडितका लागि बाराका सहकारीले सात लाख बढी सहयोग


सिमरा, बैशाख २० । बारा जिल्लाका सहकारी संघसंस्थाहरुले महाभूकम्पपिडितहरुलाई राहतका लागि सात लाख सात हजार रुपैया संकलन गरेका छन । उक्त अभियानमा साना किसान कृषि सहकारी संघ र संस्थाहरुले रु. २,१६,०००।०० जम्मा गरेपछि उक्त राहत रकम छ लाख पुगेको हो । आजै नेफ्स्कूनका सञ्चालक एवम् बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थामा बसेको वैठकले समितिमा सहसंयोजकमा साना किसान कृषि सहकारी संघका उपाध्यक्ष मिश्रीलाल सहनी र सदस्यहरु रामएकवाल चौधरी, कमलाकुमारी रिमाल, नैनकला खडका, शुशिलादेवी चौधरी र प्रदिप ढुंगेल थप गरेको छ ।

वैठकमा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष शिव अधिकारी र बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण बर्तौला, सिमरा महिला सहकारीकी अध्यक्ष अनिता लम्साल, औराहा पशुपालन सहकारीका अध्यक्ष मदनबहादुर क्षेत्री, जनकल्याण बहुद्धेश्यीय सहकारीका उपाध्यक्ष गणेश साह, जीवनसहारा कलैयाका व्यवस्थापक सत्तेन्द्र ठाकुर, समाजसुधार कृषि सहकारी डुमरवानाका व्यवस्थापक रविन्द्र भण्डारी, जनकल्याण सहकारी सिमराका अध्यक्ष मधुसुदन सिटौलाको उपस्थिति रहेको थियो । साथै हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष कुमार अर्याल, जनसेवा क्लवका अध्यक्ष यमनाथ ढकाल र सचिव मुकुन्द रिजाललगायतको सहभागिता रहेको थियो ।

पछिल्लो पटक साना किसान कृषि सहकारी संस्था डुमरवानाले रु. ३०,०००।०० मनहर्वाले रु. २५,०००।०० फत्तेपुरले रु. २५,०००।०० ईनर्वासिराले रु. २५,०००।०० हरैयाले रु. २५,०००।००, भोडाहाले रु. २५,०००।००, गञ्जभवानीपुरले रु. २०,०००।०० सिमरा शाखाले रु. ११,०००।०० सपहीले रु. १०,०००।०० प्रसौनाले रु. १०,०००।००, तेत्तरियाले रु. ५,०००।०० साना किसान कृषि सहकारी संघ सिमराले रु. ५,०००।०० सेवा बचत तथा ऋण सहकारी संस्था निजगढले रु. ५,०००।००, सुनकोशी साकोस मनहर्वाले रु. ५,०००।०० र शिक्षकहित निजगढले रु. १,०००।०० सहयोग प्रदान गरेका छन ।

हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र जनसेवा क्लव डुमरवानालगायत सामाजिक संघसंस्थाहरु र जनस्तरबाट भएको संकलन पनि सहकारीसंगको सहकार्यमा पिडित परिवारसमक्ष पुर्याउने तयारी भएको छ ।

यो अभियानमा सहभागी सबै सहकारी संघसंस्थाहरु र सहकारीकर्मीहरुलाई हार्दिक धन्यवाद छ र अरु सहकारी संघसंस्थाहरुलाई पनि सामुहिक र एकीकृत रुपमा जुटन अपिल गरिएको छ ।

बारा जिल्लाको सहकारी अभियानलाई एकीकृत बनाउने हामीहरुको सुरुदेखिको भगिरथ प्रयास सफल भएकोमा हर्षित भएको महाभूकम्पपिडित राहत संकलन तथा वितरण सहकारी संयोजन समिति संयोजक कृष्ण पौडेलले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न
फेन्सी साकोसको क्यूआर कोड सेवा
साकोसको एकरुपता प्रणाली गोष्ठी सम्पन्‍न
नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता