उद्वारमा सहकारीकर्मीहरु पनि जुटे


dhapasi 5काठमाडौं, बैशाख २० । भुकम्पले अधिकांश भवनहरु क्षतविक्षत भएका छन् । अझै उद्वार गर्ने क्रम जारी छ । उद्वारमा नेपाली सेन, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विदेशी टिम सक्रियतासाथ लागिपरेका छन् । केही स्थानमा सहकारीकर्मी पनि उद्वारका लागि लागि परेका छन् । dhapasi
हिजो शनिवार धापासी–१मा रहेको मोहनलाल श्रेष्ठको भुकम्पले पूर्ण रुपमा क्षति भएको घरको उद्धारमा धापासी बहुउद्देश्यीय सहकारी संस्थामा आबद्व युवाहरु क्रियाशील भएर लागेका थिए ।dhapasi 6 सबैको सहयोगबाट मोहनलाल श्रेष्ठको घरको सामानहरु सकुसल निकाल्न र जिर्ण घरले छिमेकी तथा बाटोमा हिड्नेलाई पु¥याउने संभाबित जोखिमलाई न्युनिकरण गर्न सकिएको धापासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुदर्शन थापाले बताउनुभयो । उक्त क्षेत्रमा जर्मनको टोलीले पूर्णतया सहयोग गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी