भूकम्प पिडितहरुलाई खाद्यन्न तथा स्वास्थ्य उपचारका लागि विशेष प्योकजको घोषणा


काठमाडौ, बैशाख २० गते । सात हजारभन्दा बढीको ज्यान लिइ सकेको विनाशकारी महाभूकम्प गएको एक साता बितिसक्दा समेत भूकम्पबाट पिडितहरुलाई अहिलेसम्म प्रभावकारी राहत दिन नसकिरहेको बेला कृषि विकास बहुउद्येश्य सहकारी मार्फत खाद्यन्न, तरकारी र स्वास्थ्य उपचारका लागि विशेष प्याकेजको घोषणा गरिएको छ ।
विनाशकारी भूकम्पपछि पहिलो चरणको उद्धार कार्यसँगै अब पिडितहरुलाई बाँच्न दैनिक उपभोग्य खाद्यन्नलाई प्रभावकारी बनाउन खाद्यन्न, तरकारी लगायतका सामाग्रीको वितरणका लागि कृषि विकास बहुृउद्येश्य सहकारी संस्था लि. कुमारीपाटी ललितपुर र समिट हस्पिटल प्रा.लि.लोकन्थली भक्तपुरको संयुक्त प्रयासमा विशेष प्याकेजको घोषणा गरिएको हो ।
विशेष प्योकजमा स्वास्थ्य उपचारका लागि समिट हस्पिटल प्रा.लि. लोकन्थली भक्तपुरले काठमाडौ उपत्यकका सहित विभिन्न जिल्लामा भूकम्पबाट घाइते भएका पिडितहरुलाई शिविर तथा घर मै निशुल्क घुम्ति ( मोबाइल ) टोलीबाट सेवा समेत दिदै आएको कृषि विकास बहुउद्येश्य सहकारी संस्था लि. का अध्यक्ष तेजविक्रम थापाले जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्प पिडितहरुलाई खाद्यन्न, तरकारी तथा स्वास्थ्य उपचार लगायतका सम्पूर्ण राहत विशेष प्याकेजका लागि उपलब्ध नम्बरमा तत्काल सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । अध्यक्ष थापाले झण्डै एक करोड राशी बराबरको विशेष राहत प्याकेजका लागि विभिन्न संघ संस्थाले समेत सहयोग गरिरहेको जानकारी दिदै विशेष प्याकेजका लागि ०१६६३१७३६, ९८५११७३५६९ र ९८६०१७९८६४ मा सम्पर्क गर्न सकिने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन