जिल्ला सहकारी संघद्वारा काभे्र र धादिङमा राहत वितरण
काठमाडौं, बैशाख २१ । जिल्ला सहकारी संघ काठमाडौंले धादिङ र काभ्रेका भूकम्पपीडितलाई राहत वितरण गरेको छ । संघले लालीप्गुरास साकोसको समन्वयमा धादिङको जिवनपुर गाविसका वडा नम्बर ६,८,९ खाद्यन्न वितरण गरिएको हो ।
संघका महासचिव खेमराज सुवेदीका अबनुसार १०० बोरा चामल, ५० बोरा चिउरा, २०० कार्टून चाउचाउ, ५० कार्टून बिस्कुट लगायत खाद्यन्न सामाग्री वितरण गरिएको बछ । उक्त राहत सामाग्री संघका अध्यक्ष टेक प्रसाद चौलागाईं, महासचिव सुवेदी सचीव रामचन्द्र अर्याल , संचालक सीता ढकाल तथा सहकारीकर्मी धन बहादुर तामाङ र महेश सुवेदीलगायतको टोली राहत वितरण गरेको हो ।
त्यस्तै मंगलबार नै संघलेकाभ्रे जिल्लाको देबिटार गाविसमा पनि राहत वितरण गरेको छ । देबिटार गाविसका १,६,७,८,९ मा ४५० घरधुरी को लागि ४५० बोरा चामल वितरण गरिएको अध्यक्ष टंकप्रशाद चौलागाईले बताउनुभयो ।
संघले प्रभावित क्षेत्रमा राहत सामान पठाएको हो । भोली मंगलबार काठडौंका प्रभावित गाविसमा राहत वितरण गर्ने जनाएको छ ।