रुपन्देहीका सहकारीद्वारा राहत कोषको स्थापना
रुपन्देही, बैशाख २१ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि रुपन्देहीले राहत कोष स्थापना गरेको छ । जिल्ला सहकारी संघ लि रुपन्देहीको बुधबार बसेको बैठकले २०७२ साल बैशाख १२ शनिबार बिहान ११ः५६ देखि पटकपटक गएको महाभूकम्पले काठमाडौं उपत्यका लागायतका पहाडी जिल्लाहरुमा
संचालित सहकारी संघ÷संस्थाहरुले संयुक्तरुपमा सहयोग उपलव्ध गराउने हेतुले राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय बुटवलमा खाता नम्वर ०००१२–००१३६–५ रहेको सहकारी राहात कोष को स्थापना गरी सदस्य सहकारी संस्थाहरुलाई सहयोगको लागि आवहान गरेको छ । संघका अध्यक्ष कृष्ण प्रसाद नेपालले बताउनुभयो ।