चितवन जिल्ला संघको चुनाव आउँदो शनिबार
चितवन, बैशाख २२ । चितवन जिल्ला सहकारी संघको चुनाव आउँदो शनिबार हुने भएको छ । बैशाख २० गते तोकिएको चुनाव आवश्यक गृहकार्य नपुगेको भन्दै आउँदो शनिबार सारिएको संघले जनाएको छ ।
संघका अध्यक्ष नरायणप्रशाद कोइरालाले सर्वसम्मतको प्रयास भइरहेकाले चुनाव सरेको जानकारी दिनुभयो । ‘सहमती गरेर नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ, आवश्यक छलफलका लागि समय नपुगेकाले अस्तीको चुनाव सरेको हो’ उहाँले भन्नुभयो ।
संघका अनुसार १ सय ४८ सदस्य भएपनि १ सय ३९ जना मात्र मतदाता भएको निर्वाचन समितिले जनाएको छ ।