सहकारीकर्मी मल्ल भूकम्पपीडितलाई राहत वितरण गर्दै
काठमाडौं, बैशाख २२ । सहकारीकर्मी ओमदेवी मल्ल काठमाडौं क्षेत्र नम्बर–७ अन्र्तगतका विभिन्न स्थानका भूकम्पपीडितलाई राहत वितरण गर्दै आउनुभएको छ ।
राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष एंव सभासद् मल्लले क्षेत्र नम्बर–७ का बालाजु, बाईबपास, गोलढुंगा, इचुनारायणलगायतका स्थानमा औषधी, पानी, साबुन, लगायत आफ्नै तर्फबाट वितरण गर्दै आउनुभएको छ ।
त्यस्तै सहकारीकर्मी मल्लले नेपाल रेडक्रस सोसाइटी, अन्य दातृ निकायसँग समन्वय गरेर सो क्षेत्रका भूकम्पपीडितहरुलाई त्रिपाल, टेन्ट, खाद्यन्न लगायत वितरण गर्दै आउनुभएको छ ।
मल्ल समानुपातिक सभासद् भएपनि नेपाली कांग्रेसको क्षेत्र नम्बर–७ को क्रियाशील सदस्यसमेत हुनुहुन्छ ।