गणेशमान सिंह अस्पतालले ६ महिनासम्म भूकम्पपीडितलाई निःशुल्क उपचार गर्ने


ma he n d r aकाठमाडौं, बैशाख २२ । गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित गणेशमान सिंह मेमोरियल अस्पतालले आउँदो ६ महिनासम्म भूकम्पपीडितलाई निःशुल्क उपचार गर्ने भएको छ ।
सरकारले भूकम्पपीडितलाई निःशुल्क उपचार गर्ने र त्यसबाफत २५ हजार दिने निर्णय गरिसकेको छ । यद्यपी पछि आउने बिरामीले शुल्क तिर्नुपर्ने बीर अस्तपालका एक चिकित्सकले बताए । तर गणेशमान शिंह मेमोरियलले अमेरिकाको इन्टरनेशनल मेडिकल ट्रस्टसँग सम्झौता गरेर आउँदो ६ महिनासम्म सम्पूर्ण उपचार निःशुल्क गर्ने सञ्चालक माधव दुलालले बताउनुभयो । दुलालका अनुसार अपरेसन, बेड शुल्क, औषाधी उपचार, सबै निःशुल्क गरिने छ ।
उक्त अस्पतालले हालसम्म ३ सय १४ जना भूकम्पपीडितलाई उपचार गरिसकेको छ । त्सयमध्ये ९ जनाको अपरेसन भएको र हाल ९ जना ओटीमा भर्ना भएको सो अस्पतालका प्रशासक गोविन्दप्रशाद घिमिरेले बताउनुभयो ।
अस्पतालले चण्डीपुर, गोटीखेल, गौडाडालगायतका क्षेत्रमा मोबाईल एम्बुलेन्स सेवा सञ्चालन गरेको थियो ।
त्यस्तै महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारीद्वारा सञ्चालित महेन्द्रनारायण निधि अस्पतालले आफ्नो भवन चर्केका कारण महेन्द्र नारायण निधि नर्सिङ कलेज परिसरबाट भूकम्पपीडितलाई सेवा दिइरहेको छ । नर्सिङ डाइरेक्टर जानका केसीका अनुसार हालसम्म १ सय २४ जना भूकम्पपीडितको उपचार भइसकेको छ । उक्त अस्पतालले नाङलेभार आसपास क्षेत्रमा मेडिकल सामाग्री एंव सहयोगी कर्मचारी पठाइएको केसीले बताउनुभयो ।
यसैबीच नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालले पनि भूकम्पपीडितलाई उपचार सेवा दिइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न