बाराली सहकारी अभियानद्वारा महाभूकम्पका स्थानीय मृतक परिवारलाई राहत प्रदान


बारा, बैशाख २४ । बारा जिल्लाका सहकारी संघसंस्थाहरु र डुमरवानाका सामाजिक संघसंस्थाहरुले महाभूकम्पका स्थानीय मृतक परिवारहरुलाई काजकिरिया खर्चस्वरुप रु. १५ हजार एक सय र खाद्य तथा दैनिक उपभोगका सामाग्रीहरुसहित वीस हजार रुपैयाको राहत उपलव्ध गराएको छ ।

महाभूकम्पमा परी निधन भएका लाल रतनपुरीका ठुलीमाया स्याङतान, भरतगंज सिंगोलका गणेश लोप्चन, निजगढका बाबुराम राउत र विनिषा चौलागाईको परिवारलाई भेटी समवेदनासहित नगद र राहत सामाग्री हस्तान्तरण गरेका हुन । बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलसहित सहकारीकर्मीहरुले उक्त राहत हस्तान्तरण गरेका हुन ।

स्याङतानको आफनै घर लालमा, लोप्चनको मेलम्चीमा, लोप्चनको काठमाण्डौंमा र विनिषा चौलागाईको काभ्रेपलाञ्चोकमा आफन्तकहां बैशाख १२ गतेको महाभूकम्पमा परी निधन भएको थियो । राहत रकम र सामाग्री स्याङतानका भाइ चन्द्रबहादुर व्लोन, लोप्चनका पिता गणेश लोप्चन, राउतका काका बद्रि राउत र छ वर्षीय छोरा प्रतीक राउत र चौलागाईका पति सन्तोष चौलागाईलाई हस्तान्तरण गरिएको छ ।

बारा सहकारी अभियानले महाभूकम्पपिडितहरुलाई राहतका लागि जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघसंस्थाहरु र डुमरवानास्थित जनसेवा क्लव, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिलगायतले नगद तथा खाद्य सामाग्री गरी दश लाख रुपैया बराबरको संकलन गरेका छन । यसअघि छिमेकी जिल्लाको विकट गाविस फाखेलका अतिप्रभावित विपन्न १५० परिवारलाई राहत वितरण गरेको थियो । बारा जिल्लामै निधन भएका र जिल्लामा स्थायी बसोबास भएका तर अन्यत्र निधन भएका गरी करीव एक दर्जन परिवारलाई राहत उपलव्ध गराउने कार्यक्रम रहेको महाभूकम्पपिडित राहत संकलन तथा वितरण सहकारी संयोजन समितिका संयोजक कृष्ण पौडेलले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक