भूकम्पपीडितलाई राहत वितरण गर्दै ब्राइट सहकारी


काठमाडौं, बैशाख २४ । ब्राइट बचत तथा ऋण सहकारी संस्था लि, बागबजारले भूकम्पपीडितलाई १० लाख राशी रकमको महाभुकम्प पीडित राहत कोष स्थापना गरेको छ ।
कोषमा संचालक तथा अन्य उपसमितीका पदाधिकारीबाट रु २ लाख ९० हजार, कर्मचारीको तर्फबाट रु ५० हजार, सदस्यको तर्फबाट रु ३ लाख १० हजार अन्य रकम संस्थागतबाट भूकम्पपीडितलाई सहयोग गरिएको सहकारीले जनाएको छ ।
त्यस्तै संस्थाले पीडित सदस्यलाई संस्थाले घरबार बिहिन सदस्यलाई तत्काल रु २५ हजार उपलब्ध गराउनुका साथै बिनाधितो सहुलियत कार्जा र रु ५ लाख सम्बन्धित घर थितो लिई सहुलियत आवास कर्जा प्रदान गर्ने भएको छ । त्यस्तै मृत्‍यु भएका सदस्यका परिवारलाई रु ७५ हजारसहानुभुती राहत उपलब्ध गराउने, गम्भिर घाइते भएका सदस्यलाई तत्काल ५ हजार सहानुभुती सहयोग उपलब्ध गराउने, पीडित सदस्यहरुको अवस्था हेरी तत्काल औषधी, खाध्यान्न, लत्ता कपडा उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै गैर सदस्य तथा आम भुकम्प पीडितहरुका लागि उपलब्ध गराइने सहयोग प्रधानमन्त्री राहत कोसलाई उपलब्ध गराउने पनि निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन