लालीगुरास हस्पितलद्वारा निःशुल्क स्वास्थ्य शिबिर


ललितपुर, बैशाख २५ । लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित लालीगुरास हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको आयोजनामा नेपाली तथा ईन्डीयन आर्मीका बिशेषज्ञ डाक्टरहरुको सहयोगमा निशुल्क स्वाथ्य शिविर आयोजना सम्पन्न भएको छ ।
भुकम्प पिडितहरुको सहयोगार्थ लालीगुराँस ताल्छिखेलस्थित उक्त अस्तपातालबाट हस्पिटलमा प्राङ्गणमा आयोजना गरिएको शिविरमासम्पूर्ण रोगहरुको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरीनुका साथै निःशुल्क रुपमा औषधिहरु समेत बितरण गरीएको थियो । भुकम्पपिडीतको लागि आयोजना गरीएको शिविरमा भुकम्पबाट क्षती पुगेको दक्षिणी भेगका अधिकांश जनताहरुको उपस्थिति रहेको थियो । सो शिविरमा करिब २ सय ५० जनाले स्वाथ्य परीक्षण गरिएको थियो ।
संस्थाले यस्तो खालको कार्यक्रम भुकम्प गएको दिनदेखिनै संचालन गरिएको अस्तालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सभासद तथा राष्ट्रीय सहकारी संघ का उपाध्य ओमदेबी मल्ल रहनु भएको थियो । शिविरमा अस्पताल संचालक समितिका अध्यक्ष एवं राष्ट्रीय सहकारी संघका सदस्य सुरेन्द्र भण्डारी लगायतको उपस्तिथति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न