भुकम्पबाट हजारौं सहकारीकर्मी प्रभावित


पाँच सय बढी सहकारीकर्मीको मृत्यु, ३५ हजार घर ध्वस्त

काठमाडौं, बैशाख २५ । भूकम्पले देश आक्रान्त बनेको छ । भूकम्पबाट सबै क्षेत्र प्रभावित भइरहेको बेला भूकम्पमा परी हजारौं सहकारीकर्मी पनि अछुटो छैन् । १२ जिल्लाका पाँच सय बढी सहकारीकर्मीको मृत्यु भएको छ भने उनीहरुको ३५ हजार बढी घर पूर्णरुपमा ध्वस्त भएको छ ।

यद्यपी भूकम्पले सहकारी क्षेत्रमा पारेको प्रभावको अध्ययन तथा मूल्यांकन हुन सकेको छैन् । राष्ट्रिय सहकारी संघका अनुसार हजारौं सहकारीकर्मी प्रभावित भएका छन् । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले प्रभावित जिल्लामा भूकम्पले सहकारी क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । ‘हामीले सम्पूर्ण तथ्यांक पठाउनका लागि प्रभावित जिल्लामा पत्राचार गरेका छौं, अझै आउन सकेको छैन्’ उहाँले भन्नुभयो ।
भूकम्पले साना किसान बढी प्रभावित भएका छन् । धादिङ, काभ्रे, सिन्धुपाल्चोकमा साना किसानको बसोबास रहेको छ । भूकम्पले काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुरमा बढी प्रभाव पारेको छ ।
त्यस्तै राष्ट्रिय सहकारी संघको हालै स्थापना भएको अध्याधुनिक भवन पनि चर्केको छ । २२ करोड भन्दा बढी लागतमा करिब ६ महिनाअघि निर्माण सम्पन्न भएको उक्त भवन चर्केपछि ठूलो क्षति पुगेको हो ।
यसैबीच वैशाख १२ गते गएको विनासकारी महाभुकम्प र त्यसपछिका पराकम्पहरूले हजारौं व्यक्ति प्रभावित भए पनि सहकारीकर्मी पनि उद्धार तथा राहतका लागि क्रियाशिल भएका छन् ।
सहकारी क्षेत्रले प्रधानमन्त्री दैवी प्रकोपमा २५ लाख बढी सहयोग गरेको छ । अन्य जिल्ला सहकारी संघ, केन्द्रिय संघहरु एंव प्रारम्भीक सहकारीले उद्वारमा सक्रिय भएका छन् ।
संघले अन्तर्राष्ट्रिय सहकारी क्षेत्रको समन्वयमा राहत वितरण गर्ने जनाएको छ । भारतको इण्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लि (इफ्को) पीडितहरूको लागि १० हजार प्याकेट राहत सामाग्री पठाएको संघका उपाध्यक्ष ओमदेवी मल्लले बताउनुभयो । मल्लका अनुसार संघका प्रतिनिधिहरुले एकदुई दिनभित्र छिट्टै राहत वितरण गरिने बताउनुभयो ।
संघका सञ्चालक चन्द्रप्रशाद ढकालका अनुसार अध्यक्ष केशवप्रशाद बडालले काभ्रेमा,वरिष्ठ उपाध्यक्ष मीनराज कडेँलले धादिङमा, उपाध्यक्ष ओमदेवी मल्लले धादिङमा राहत वितरण गर्ने छन् । त्यस्तै सञ्चालक ढकालले नुवकोट र अन्य सञ्चालकले विभिन्न प्रभावित जिल्लामा राहत वितरण गर्ने भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक