अध्यादेशमार्फत ऐन ल्याएको भन्दै तीन हप्तापछि बिरोध


पीडितको आक्रोश, सहकारीकर्मी नै संघप्रति रुष्ट

काठमाडौं, बैशाख २५ ।  राष्ट्रिय सहकारी संघले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गरेको भन्दै बिरोध जनाएको छ । उसले प्रेस विज्ञप्ति जारी गरी सहकारीकर्मीको मर्म र भावनाविपरित ऐन ल्याएको भन्दै खारेज गर्न माग गरेको छ ।
सरकारले यही २०७१ चैत्र २९ गते अध्यादेशमार्फत सहकारी ऐन २०४८ को दोस्रो संशोधन गरेकोमा सम्पूर्ण सहकारी संघसंस्थाको अभिभावक निकाय यस संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
हाल मुलुकमा व्यवस्थापिका संसद हु“दाहु“दै संसदीय प्रणाली विपरित संसदलाई छलेर अध्यादेशमार्फत सहकारी ऐन संसोधन गर्ने प्रकृयाको बिरोध गरेको अध्यक्ष केशप्रशाद बडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा सहकारी अभियानले गति लिइरहेको बेला यस क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनका लागि सहकारी अभियानले नेपाल सरकारस“ग विगतमा पनि सहकार्य गर्दै आएको र भविष्यमा पनि सहकार्य गर्न प्रतिवद्ध दाबी गरिएको छ ।
यसै अनुरूप सहकारी ऐन, २०४८ लाई समसामयिक रूपमा संशोधन गर्नुपर्ने आवश्यकता भएकाले सहकारी विधेयक, २०७१ को मस्यौदा तयार गरिए पनि छुट्टै बाटोबाट ऐन ल्याइएकोमा ध्यानाकर्षण भएको संघको भनाई छ ।
सरोकारवाला निकायस“ग कुनै परामर्श नै नगरी अध्यादेश मार्फत सहकारी ऐनको संशोधन गरेको र संसोधित ऐनका कतिपय दफाहरूले सहकारी अभियानलाई नैं संकुचित बनाएको संघको ठहर छ । उक्त ऐन खारेजका लागि संघले माग समेत गरेको छ । त्यस्तै उक्त प्रस्तावित सहकारी विधेयक, २०७१ लाई राष्ट्रिय सहकारी संघकोसुझाव समेत समावेश गरी व्यवस्थापिका संसदवाट यथासक्य छिटो पारित गरेर मुलुकको आर्थिक विकासको एक खम्वाको रूपमा रहेको सहकारी क्षेत्रको प्रवद्र्धनका लागि अनुकुल वातावरण सिर्जना गर्न आग्रह गरिएको छ ।

सरकारले सहकारीपीडितको समस्या समाधानका लागि अध्यादेशमार्फत ऐन ल्याएको हो । सहकारीपीडित सिर्जना रुपाखेती पाण्डेले सहकारीको नेतृत्वकै कारण सहकारी पीडितले न्याय नपाएको बताउनुभयो । १ सय ३५ बढी सहकारीले करिब १० हजार सहकारीकर्मीको निक्षेप फिर्ता गरेका छैनन् । ती सहकारीले १३ अर्ब बढी निक्षेप फिर्ता दिन नसकेकाले अध्यादेशमार्फत सम्पत्ति छानबिन समिति गठन गर्ने र पीडितलाई सकेसम्म समस्या समाधान गर्ने उद्देश्यले अध्यादेश ल्याएको हो ।
संघले विज्ञप्ति जारी गरी अध्यादेशको विरोध गरेपछि सहकारीकर्मी पनि झस्किएका छन् । उनीहरु आफूले अभिभावक मान्दै आएको संघले गल्ती गर्ने संंस्था एंव सञ्चालकलाई प्राथमिकता दिएको भन्दै रुष्ट भएका हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने