कृषि विकास बहुउद्येश्य सहकारीद्वारा निशुल्क घुम्ति स्वास्थ्य शिविर


काठमाडौ, बैशाख २६ । ललितपुरको कुमारी पाटीमा रहेको कृषि विकास बहुउद्येश्य सहकारी संस्था र भक्तपुरको लोकन्थलीमा रहेको समिट हस्पिटल प्रा.लिले संयुक्त रुपमा भूकम्प पिडितहरुका लागि मलहम लगाउ, चराइरहेको गाउँमा भन्दै निशुल्क घुम्ति स्वास्थ्य शिविर र खाद्यन्न लगायतका राहत समाग्री वितरण गर्ने उपलब्ध नम्बर सहितको पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेपछि राजधानी वरपरका भूकम्प भूकम्प पिडितहरु आफैले फोन सम्पर्क गरि राहत तथा स्वास्थ्य सेवा लिएका हुन ।
राजधानी काठमाडौ वरपरका ललितपुर, भक्तपुर लगायतका जिल्लाका कतिपय भूकम्प पिडितहरुको घर दैलोमा कुनै संघ संस्था वा सरकारी संयन्त्र नपुगेपछि पत्रपत्रिकामा प्रकाशित सूचनाको आधारमा उपलब्ध नम्बरमा फोन गरि राहत तथा स्वास्थ्य सेवा लिएको भूकम्प पिडितहरुले बताएका छन ।
काठमाडौको नाङ्गढुङ्गाको स्थित बाड भंज्याङ्गको दलित बस्ती, काठमाडौ र धाधिङ्गको सिमानामा पर्ने मसिने गाउँ , भक्तपुरको चाँगुनारायणको दलित बस्ती, ललितपुरको हरिसिद्धि, डुगुछाप गाउँ लगायतका दर्जनौ राजधानी काठमाडौ वरपरका जिल्लाका ग्रमिण भेगको भूकम्प प्रभावित गाउँमा अन्य संस्था र सरकारको पहुँच नपुगेपछि भूकम्प पिडितहरु आफै अग्रसर भइ आवश्यक स्वास्थ्य सेवा र खाद्यन्न लगायतका राहत सामाग्री लिएको कृषि विकास बहुउद्येश्य सहकारी संस्था एवं समिट हस्पिटल प्रालिका अध्यक्ष तेजविक्रम थापाले जानकारी दिनुभयो ।
राजधानी काठमाडौ वरपरका ती भूकम्प प्रभावित जिल्लाका दर्जनौ ग्रामिण भेगका भूकम्प पिडितहरुको घरदैलोमा घुम्ति निशुल्क स्वास्थ्य घुम्ति सेवा र खाद्यन्न लगायतका राहत सामाग्री वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले अहिले पनि दिनहुँ राजधानी काठमाडौ वरपर र राजधानी बाहिरका भूकम्प प्रभावित जिल्लाका ग्रमिण भेगका पिडितहरुको फोन आउने गरेको र सकेसम्म आफनो स्रोत साधानले भ्याएसम्म पिडितहरुको घरदैलोमा गएर स्वास्थ्य सेवा दिने क्रम जारी नै रहेको जानकारी दिनुभयो । उहाँले केही दिनमै काठमाडौ बाहिरका भूकम्प प्रभावित जिल्ला सिन्धुपालचोक, दोलखा, रामेछाप र धाधिङ्गबाट भूकम्प पिडितहरु सम्पर्कमा आएको र चाडै ती प्रभावित जिल्लामा जाने तयारी भइरहेको जानकरी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न
सहकारीको साधारणसभा पुष भित्रै गर्न विभागको सूचना
कुरा सुनिदिएर मात्र पनि जोगाउन सकिन्छ आत्महत्याबाट